के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻
Showing posts with label Myagang Rural Municipality. Show all posts
Showing posts with label Myagang Rural Municipality. Show all posts

25 October 2022

१० औँ भङ्‍गेरी कप फुटवल प्रतियोगीता २०७९ को उपाधि म्यागङ-६ पोखरीको नव स्टार युवा क्लब बीलाई

कार्तिक ०८, २०७९

म्यागङ-६, नुवाकोट

म्यागङ क्षेत्रकै सर्वाधिक धनराशीको १० औँ भङ्‍गेरी कप फुटवल प्रतियोगीता २०७९ को उपाधि म्यागङ-६, पोखरीको नव स्टार युवा क्लब टीम 'बी'ले उचालेको छ। आज कन्यास्थान युवा क्लबको भङ्‍गेरी डाँडामा भएको फाइनल खेलमा नेत्रावती डवजोङ टिकादुङको म्हाने गङ युवा क्लबलाई ३-० ले पराजित गर्दै नव स्टार युवा क्लबले उपाधि आफ्नो पोल्टा पारेको हो। असोज ३० गतेबाट सुरु भएको यस प्रतियोगीतामा २० क्लबहरुको सहभागीता थियो।




फाइनल तथा समापन कार्यक्रममा ने.कां. को नेता बहादुर सिंह लामा (तामाङ) प्रमुख अतिथि, जगत बहादुर तामाङ्ग र म्यागङ गा.पा. प्रमुख आशा तामाङ्ग विशेष अतिथि र म्यागङ गा.पा. उप-प्रमुख सीता तामाङ्ग अतिथि रहेका थिए। यसका अतिरिक्ति अन्य अतिथीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।



उपाधि विजेता नव स्टारले नगद रु.१,११,१११ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्‍यो भने उप-विजेता म्हाने गङ युवा क्लबले नगद रु.५५,५५५ सहित ट्रफी, मेडल र प्रमाण-पत्रमा चित्ता बुझाउनु पर्‍यो। यस प्रतियोगिताको अन्य पुरस्कारहरु निम्‍न अनुसार रहेका छन्।

१. उत्कृष्‍ट खेलाडी- प्रदीप डंगोल (म्हाने गङ युवा क्लब)

२. उच्च गोलकर्ता- चत्तुरमान तामाङ्ग (नव स्टार युवा क्लब) [६ गोल]

३. उत्कृष्‍ट डिफेन्डर- सूर्य तामाङ्ग (नव स्टार युवा क्लब)

४. उत्कृष्‍ट गोल किप्‍पर- सुसन खड्का (नव स्टार युवा क्लब)

५. उत्कृष्‍ट कोच:- विजय तामाङ्ग (म्हाने गङ युवा क्लब)

६. उत्कृष्‍ट मेनेजर:- श्याम तामाङ्ग (नव स्टार युवा क्लब)

७. अनुशासित टीम:- प्लेनप्लेन युवा क्लब








फोटो स्रोत: बीर बहादुर तामाङ्ग (प्रतियोगीता संयोजक)

24 October 2022

१० औँ भङ्‍गेरी कप २०७९ को फाइनलमा नव स्टार र म्हाने गङ भिड्‍ने

कार्तिक ०७, २०७९

म्यागङ-६, नुवाकोट


यस वर्षको भङ्‍गेरी कप फुटवल प्रतियोगीता २०७९ मा म्यागङ-६, पोखरीको नव स्टार युवा क्लब 'बी' र नेत्रावती डवजोङ, टिकादुङको म्हाने गङ युवा क्‍लब फाइनलमा पुगेको छ। असोज ३० गते सुरु भएको यस प्रतियोगीतामा २० टीमहरुको सहभागीता थियो। आज भएको पहिलो सेमी फाइनलमा नव स्टार युवा क्लबले प्लेनप्लेन युवा क्लबलाई ४-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। यस खेलको म्यान अफ द म्याच नव स्टारको पाल्देन शेर्पा घोषित भयो।



दिउँसो ३ बजे भएको दोस्रो सेमि-फाइनलमा म्हाने गङ युवा क्लब टिकादुङले ग्रीन हेवन युवा क्लब विदुरलाई २-० ले पराजित गर्दै फाइनल प्रदेश गरेको हो। यस खेलको म्यान अफ द म्याच म्हाने गङको प्रदीप डंगोल घोषित भयो।


यस प्रतियोगीताको फाइनल खेल भोलि मिति २०७९-०७-०८ हुनेछ। कंग्रेसको नेता बहादुर सिंह लामा (तामाङ्ग) को प्रमुख अतिथ्‍यमा हुने समापन कार्यक्रमको विशेष अतिथिहरुमा जगत बहादुर तामाङ्ग र म्यागङ गाउँपालिकाको प्रमुख आशा तामाङ्ग रहने छ भने अतिथि गा.पा. उप-प्रमुख सीता तामाङ्ग रहने व्यहोरा प्रतियोगीताको समापन कार्यक्रमको वेनरमा उल्लेख छ। वेनरमा उल्लेख गरेको वाहेक पनि अन्य अतिथिहरुको पनि सहभागीता रहनेछन्। समापन कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरु पनि हुनेछन्।



फाइनल खेल १२:३० बजे बाट हुने प्रतियोगीता संयोजक बीर बहादुर तामाङ्गले जानकारी गराउनु भएको छ। १० औँ भङ्‍गेरी कपको फाइनल हेर्न आउन दर्शक महानुभावहरुलाई हार्दिक निमन्त्रणा छ। साथै यस वर्षको शुभ दीपावली, नेपाल सम्वत्, भाई टीका तथा छठ पर्वको पनि हार्दिक ंमङ्‍गलमय शुभकामना।




फोटो स्रोत: बीर बहादुर तामाङ्ग (प्रतियोगीता संयोजकको फेसबूक)

23 October 2022

१० औँ भङ्गेरी कप २०७९ को सेमी फाइनल समिकरण पुरा

 कार्तिक ६, २०७९

म्यागङ-६, नुवाकोट

जारी १० औँ भङ्‍गेरी कप २०७९ को सेमी फाइनल समीकरण पूरा भएको छ। आज भएको अन्तिम दुई क्‍वाटर फाइनलसँगै सेमी फइानलमा को-कसले भिड्‍ने भन्‍ने तय भएको हो। आज दिउँसो १ बजे भएको श्री रुद्राक्ष युवा क्‍लब र नव स्टार युवा क्लब बीचको खेल नव स्टारले जितेको छ। श्री रुद्राक्षलाई पेनाल्टीमा २ विरुद्ध ३ गोलले पराजित गर्देै नव स्टारले सेमी फाइनलमा पुगेको छ। यस खेलको म्यान अफ द म्याच स्टारका गोल रक्षक सुसन खड्का घोषित भयो।



आजै दिउँसो ३ बजे भएको अर्को क्‍वाटर फाइनल खेलमा म्यागङ-४, किम्ताङ्गको द राइजिङ् मङ्‍गोलियन युवा क्लबलाई २ को विरुद्ध ४ गोलको अन्तरले पराजित गर्दै विदुर-८, माझीगाउँको ग्रीन हेवन युवा क्लनले पनि सेमी फाइनलमा स्थान बनाउन सफल भएको छ। यस खेलको म्यान अफ द म्याच पनि टीमको गोल रक्षक सुजन श्रेष्‍ठ घोषित भयो।




भोलि सेमी फाइनलको खेलहरु सञ्‍चालन हुनेछ भने पर्सी कार्तिक ८ गते समापन हुने कार्यक्रम  रहेको छ।


भोलिको सेमी-फाइनलको खेलहरु

१. प्लेनप्लेन युवा क्लब विरुद्ध नव स्टार युवा क्लब

२. म्हाने गङ युवा क्लब विरुद्ध ग्रीन हेवन युवा क्लब


फोटो स्रोत: बीर बहादुर तामाङ्ग (प्रतियोगीता संयोजक)

बाँकी फोटोहरु

22 October 2022

आजको जितसँगै प्लेनप्लेन र म्हाने गङ १० औँ भङ्‍गेरी कप २०७९ को सेमी फाइनलमा

 कार्तिक ०५, २०७९

म्यागङ-६, नुवाकोट


जारी भङ्‍गेरी कप २०७९ मा आज दुई खेल सम्‍पन्‍न भका छन्। दिउँसो १ बजे सुरु भएको खेलमा म्यागङ-६, पनेराको जुनतारा युवा क्‍लबले म्यागङ-३, प्लेनप्लेनको प्लेनप्लेन युवा क्लबबिच भएको खेलको नतिजा पेनाल्टीले निर्धारण गर्‍यो। प्लेनप्लेनले जुनतारालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाउन सफल भएको छ। सेमी फाइनलमा प्लेनप्लेनले श्री रुद्राक्ष युवा क्लब र नव स्टार युवा क्लबबिचको विजेतासँग भिड्‍ने छ। यस खेलको नायक प्लेनप्लेनको गोल रक्षक विकेश तामाङ्ग घोषित भयो।


दिउँसै ३ बजे भएको खेलमा म्यागङ-६, भञ्‍ज्याङको प्रगतिशील युवा क्‍लब लाई २-० ले पराजित गर्दै म्हाने गङ युवा क्लब, टिकादुङले पनि सेमी फाइनलमा पुगेको छ। आफ्‍नो पहिलो खेलमा ड्रीम मेकर युवा क्लबलाई ७‍० ले हराएको म्हाने गङले आज पनि कुनै गोल नखाइ खेल आफ्नो पक्षमा पारेको छ। आब म्हाने गङले भोलि हुने रद राइजिङ्ग मङ्‍गोलियन युवा क्लब र ग्रीन हेवन युवा क्लब बीवको विजेतासंग सेमी फाइनलमा भिड्‍ने छ। विजेता म्हाने गङको विमल तामाङ्ग यस खेलको म्यान अप द म्याच भए। दुबै खेलको म्यान अफ द म्याचले एक/एक थान जर्सी प्राप्‍त गर्‍यो।




भोलिको खेलहरु

१. नव स्टार युवा क्लब विरुद्ध श्री रुद्राक्ष युवा क्लब (दिउँसो १ बजे)

२. द राइजिङ्ग मङ्‍गोलियन युवा क्लब विरुद्ध ग्रीन जेवन युवा क्लब (दिउँसो ३ बजे)


फोटो स्रोत: बीर बहादुर तामाङ्ग (प्रतियोगीता संयोजकको फेवबूकबाट)

बाँकी फोटाहरु

21 October 2022

१० औँ भङ्‍गेरी कप २०७९ को दोस्रो चरणको पहिलो दिन नव स्टार र ग्रीन हेवनको जित

कार्तिक ४, २०७९

म्यागङ-६, नुवाकोट

जारी १० औँ भङ्‍गेरी कप २०७९ को आज दोस्रो चरणको दुई खेलहरु सम्‍पन्‍न भएका छन्। कन्यास्थान युवा क्लबको भङ्‍गेरी खेल मैदानमा दिउँसो १ बजे भएको पहिलो खेलमा नव स्टार युवा क्लब 'बी' पोखरीले नागिनीस्थान युवा क्लब पोखरी डाँडालाई १-० ले हराउँदै क्‍वाटर फाइनल प्रदेश गरेको छ। अब नव स्टारले श्री रुद्राक्ष युवा क्लबसंग खेल्नेछ। यस खेलको म्यान अफ द म्याच विजेता नव स्टारको मनिष मगर भए।



दिउँसो ३ बजे भएको दोस्रो खेलको नतिजा पनि पहिलोको जस्तै रहयो।  म्यागङ-५ सामरीको सामरी युवा क्लब 'ए' लाई विदुर-८ को ग्रीन हेवन युवा क्लबले १-० ले स्तब्ध बनायो।  अब विजेता ग्रीन हेवनले द राइजिङ्ग मङ्गोलियन युवा क्लब किम्ताङको सामना गर्नेछ। विजेता ग्रीन हेवनको लागि विवेक राईले निर्णायक गोल गरेको थियो। विजयी गोल गर्ने गोलकर्ता राई नै यस खेलको म्यान अफ द म्याच घोषित भयो। दुबै खेलको म्यान अप द म्याचले एक-एक थान जर्सी प्राप्‍त गर्‍यो।


आजको खेलसंगै क्‍चाटर फाइनल समीकरण पनि पूरा भएको छ। अब हुने जुनतारा युवा क्लब विरुद्ध प्लेनप्लेन युवा क्लब र प्रगतिशील युवा क्लब र म्हाने गङ युवा क्लब बीचको विजेताले सेमी-फाइनलमा स्थान बनाउने छ।


भोलिको खेलहरु

जुनतारा युवा क्लब विरुद्ध प्लेनप्लेन युवा क्लब

प्रगतिशील युवा क्लब विरुद्ध म्हाने गङ युवा क्लब





20 October 2022

भोलि १० औँ भङ्‍गेरी कप २०७९ को प्रि क्‍वाटर फाइनलको दुई खेल

कार्तिक ३, २०७९

म्यागङ-६, नुवाकोट 

भोलि १० औँ भङ्‍गेरी कप २०७९ को प्रि-क्‍वाटर फाइनलको दुई खेलहरु हुँदैछन्। दिउँसो १ बजे नागिनीस्थान युवा क्लब पोखरी डाँडाले नव स्टार युवा क्लब पोखरीको सामना गर्नेछ भने दिउँसो ३ बजे हुने खेलमा सामरी युवा क्लब 'ए' ले ग्रीन हेवन युवा क्लव विदुर-१२ सँग खेल्दैछ।  नागिनीस्थान युवा क्लब पोखरी डाँडा र नव स्टार युवा क्लब पोखरी बिचको विजेताले यस अघि नै क्‍वाटर फाइनलमा स्थान बनाइ सकेको श्री रुद्राक्ष युवा क्लवको सामना गर्ने छ। यसै गरि दोस्रो खेलको विजेताले क्‍वाटर फाएनलमा द राइजिङ्ग मङ्‍गोलियन युवा क्लब किम्ताङसंग भिड्‍ने छ। प्रि-क्‍वाटर फाइनलको दुई खेल भने पर्सी हुनेछ।



17 October 2022

१० औँ भंगेरी कपको दोस्रो दिन गत वर्षको विजेता पहिलो खेलवाटै वाहिरियो आज तीन खेल सम्पन्न

 असोज ३१, म्यागङ-६, नुवाकोट

१० औँ भंगेरी कप २०७९ को आज तीन खेलहरु सम्पन्‍न भएका छन्। पहिले खेलमा गत वर्षको सेमी फालनलिस्‍ट कल्लाबारी युवा क्लव प्रगतिशील युवा क्लवसंग १-० ले पराजित भएको छ। यस खेलको म्यान अफ द म्याच प्रगतिशीलको सन्तोष के.सी. ले एक सेट जर्सी प्राप्‍त गर्‍यो।





आज भएको दोस्रो खेलमा गत वर्षको विजेता मैवल युवा क्लव, नव स्टार युवा क्लवसंग स्तब्ध भएको छ। डेफेन्डिङ च्याम्पियन मैबललाई ६‍-० को फराकिलो अन्तरले जितेर नव स्टारले लार्केप र नागिनीस्थानबीचको विजेतासँगको भेट सुनिश्‍चित गरेको छ। विजेता नव स्टारको चत्तुरमान तामाङ्ग खेलको म्यान अफ द म्याच भए र एक थान जर्सी प्राप्‍त गर्‍यो।




आजै भएको अन्तिम खेलमा धादिङ टिकादुङको म्हाने गङ युवा क्लवले म्यागङ-३, देउरालीसँग ७-० को फराकिलो अन्तरले विजय भएको छ। यस खेलमा विजेता म्हाने गङको सुजन खनाल म्यान अफ द म्याच भएको र एक थान जर्सी हासिल गर्‍यो।






भोलि हुने खेल र समय तालिका

प्रथम खेल: कन्यास्थान युवा क्लव 'ए' विरुद्ध सामरी युवा क्लव '‍ए' (बिहान ११ बजे)

द्वितीय खेल: हिमचुली युवा क्लव, विदुर-५, विरुद्ध प्लेनप्लेन युवा क्लव (दिउँसो १ बजे)

तृतीय खेल: लार्केप युनाइटेड विरुद्ध नागिनीस्थान युवा क्लव (दिउँसो ३ बजे)


 फोटो स्रोत: बीर बहादुर तामाङ्ग

अरु फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

15 October 2022

१० औँ भंगेरी कप २०७९ को खेलतालिका सार्वजनिक

१० औँ भंगेरी कप २०७९ को खेलतालिका सार्वजनिक गरेको प्रतियोगीता संयोजक वीर वहादुर तामाङ्गले जानकारी दिनु भएको छ।  उद्घटन खेल जुनतारा युवा क्लव पनेरा र नव स्टार युवा क्लव, पोखरीवीच असोज ३० गते हुनेछ भने फाइनल खेल कार्तिक ८ गते हुने पनि संयोजक तामाङ्गले वताउनु भएको छ। खेलतालिक निम्न अनुसार रहेको छ।



TEAM NAME

SCORE

TEAM NAME

MATCH NO.

Date and Time

JUNTARA YOUTH CLUB

2-0

NAWA STAR YOUTH CLUB

MATCH 1

2079-06-30 16:00 NST

KALLABARI YOUTH CLUB

0-1

PRAGATISHIL YOUTH CLUB

MATCH 2

2079-06-31 11:00 NST

HIMCHULI YOUTH CLUB

1-2

PLENPLEN YOUTH CLUB

MATCH 3

2079-07-01 11:00 NST

DREAM MAKER YOUTH CLUB

0-7

MHANE GANG YOUTH CLUB

MATCH 4

2079-06-31 15:00 NST

LARKEP YOUTH CLUB

1-7

NAGINISTHAN YOUTH CLUB

MATCH 5

2079-07-01 13:00 NST

KANYASTHAN YOUTH CLUB 'A'

0-1

SAMARI YOUTH CLUB 'A'

MATCH 6

2079-07-01 15:00 NST

NAWA STAR YOUTH CLUB 'B'

6-0

MAIBAL YOUTH CLUB

MATCH 7

2079-06-31 13:00 NST

GREEN HEAVEN YOUTH CLUB

 4-0

KANYASTHAN YOUTH CLUB 'C'

MATCH 8

2079-07-02 13:00 NST

SHREE RUDRAKSHA YOUTH CLUB

1-0 

SAMARI YOUTH CLUB 'B'

 MATCH 9

2079-07-02 11:00 NST

THE RISING MONGOLIAN YOUTH CLUB

4-3 (Pen.) 

KANYASTHAN YOUTH CLUB 'B'

MATCH 10

2079-07-02 15:00 NST

PRE-QUARTER FINAL

JUNTARA YOUTH CLUB

 3-4 (Pen)

PLENPLEN YOUTH CLUB

MATCH 11

2079-07-05 13:00 NST

PRAGATISHIL YOUTH CLUB

 0-2

MHANE GANG YOUTH CLUB

MATCH 12

2079-07-05 15:00 NST

NAGINISTHAN YOUTH CLUB

 0-1

NAWA STAR YOUTH CLUB 'B'

MATCH 13

2079-07-04 13:00 NST

SAMARI YOUTH CLUB 'A'

 0-1

GREEN HEAVEN YOUTH CLUB

MATCH 14

2079-07-04 15:00 NST

QUARTER FINAL

SHREE RUDRAKSHA YOUTH CLUB

 2-3 (Pen)

NAWA STAR YOUTH CLUB 'B'

MATCH 15

2079-07-06 13:00 NST
THE RISING MONGOLIAN YOUTH CLUB

 2-4

GREEN HEAVEN YOUTH CLUB

MATCH 16

2079-07-06 15:00 NST

SEMI-FINAL

PLENPLEN YOUTH CLUB

 0-4

NAWA STAR YOUTH CLUB 'B'

MATCH 17

2079-07-07
MHANE GANG YOUTH CLUB

 2-0

GREEN HEAVEN YOUTH CLUB

MATCH 18

2079-07-07

FINAL

NAWA STAR YOUTH CLUB 'B'

 3-0

MHANE GANG YOUTH CLUB

MATCH 19

2079-07-08

03 March 2022

म्यागङ गा.पा. मा वाल विवाह न्युनिकरण सम्बन्धी कार्यक्रम सम्पन्‍न

फागुन १६

म्यागङ, नुवाकोट

बागमती प्रदेश सरकारको वाल विवाह अन्त्यको लागि समुदाय परिचालन अन्तर्गत म्यागङ गाउँ पालिकाको शिक्षा तथा महिला तथा वालवालिका शाखाद्वारा आयोजित वाल विवाह न्युनिकरन सम्‍बन्धि विद्यालय स्तरीय कविता प्रतियोगीता र वाल क्लवहरुको क्षमता विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्‍न भएको छ।


गा.पा. परिसारमा सम्पन्‍न उक्त कार्यक्रममा गा.पा. प्रमुख आशा तामाङ्ग, शिक्षा अधिकृत शेर सिंह रावत, अन्य गा.पा. अधिकारीहरु र विभिन्‍न विद्यालयको वाल क्लवसंग सम्बन्धीत शिक्षकहरु उपस्थिति रहेको थियो।


गा.पा. भित्रको विद्यालयहरुको वाल क्लवको अध्यक्षहरुको पनि सहभागी रहेको उक्त कार्यक्रममा गाउँपालिका स्तरीय वाल क्लवको अध्यक्षमा विन्दु केशर मा.वि. वाल क्लवको अध्यक्ष मुना भुजेल चयन भएकी छिन्।


यसै गरी वाल विवाह न्युनिकरण सम्बन्धी कविता प्रतियोगीतामा वुम्ताङ्गको सरस्वती मा.वि. प्रथम, टक्सारको विन्दु केशर मा.वि. द्वितीय र देउरालीको देउराली बोर्डिङ्गले तेस्रो स्थान साहिल गरेको थियो।


फोटो स्रोतः सूर्य लाल तामाङ्ग र विन्दु केशर मा.वि.