के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

15 September 2017

रश्‍मी तामाङ्ग दोस्रो चोटी दक्षिण कोरिया जाँदै

३० भाद्र, काठमाण्डौ
नेपालीहरुको महान चाड बडा दसैको आगमनसंगै देश विदेशमा काम विशेषले आफ्नो आफन्त र घरपरिवारबाट टाढा रहेकाहरु धमधाम घर फर्कने गर्छन्।  काम विशेषले फर्कन नपाउनेहरु भने आफू जहाँ हुन्छ त्यही दसै मनाउने गर्छन्। तर, कला क्षेत्रलाई आफ्नो कर्म थालो बनाएका कलाकारहरु भने यही चाडमा आयोजना हुने विभिन्‍न कार्यक्रमहरुमा वेस्ता हुने गर्छन्। उनीहरु देश देखि विदेशका कार्यक्रमहरुमा सहभागी हुने गर्छन्। उनीहरुले यस चाडलाई अविश्मरणीय बनाउन कलाकारहरुलाई सहभागी गराएर रमाईलो गर्ने चलन पनि दिनहूँ बढिरहेको छ।


पछिल्‍लो समय कामको सिलसिलामा दक्षिण कोरिया जाने नेपालीहरुको संख्या बढ्‍दो छ। कोरियामा रहेका नेपालीहरुले यस चाडलाई अविश्‍मरणीय बनाउनका लागि कार्यक्रमहरु पनि आयोजना गर्ने गर्छन्। यसपालि पनि कोरियामा रहेका नेपालीहरुको समूहले  विजया दशमीको शुभकामना आदान प्रदान गर्न सांगितीक तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। अर्घाखाँची सम्पर्क मञ्‍च, कोरियाको आयोजनामा "सुपा देउराली सांगितिक सौगत" हुने भएको छ। कार्यक्रम अक्टोबर ५ मा जोङनो ओ गामा हुने आयोजकले जनाएको छ। यस कार्यक्रमको लागि नेपालबाट गायक सुरज थापा, लोक गायक रामजी खाँण, लोक गायीका सम्झना लामिछाने मगर, हांस्य कलाकार दिनेश काफ्ले र मोडल रश्‍मी तामाङ्गको सहभागी रहने छ। रश्मी तामाङ्गको यो देस्रो कोरिया भ्रमण हो। यी कलाकारको अतिरिक्त स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने छ।
कोरिया जानु अगाडी रश्मी‍ तामाङ्ग नेपालको कार्यक्रमहरुमा पनि सहभागी हुने छन्। २०७४ सालको विजया दशमी तथा शुभ दिपवालीको शुभकामना आदान प्रदानका साथै नेपाल जापान मैत्री सम्बन्ध अनाथ, अपाङ्ग वालबालिकाको शैक्षिक सहयोगार्थका लागि ईन्टरनेशनल सोसाईटी मजदुर फिल्मस् प्रा. लि. ले आयोजना गर्ने कार्यक्रम आउँदो असोज ६ गते रसियन कक्चर सेन्टर, कमलपोखरीमा हुने भएको छ। "विजया दशमीको शुभकामना आदान प्रदान, कुटुम्बको सांगितिक तथा अन्य सांस्कृतिक कार्यक्रम"को शिर्षकमा हुने उक्त कार्यक्रममा कुटुम्ब बाण्ड, मोडल रश्मी तामाङ्ग, रीना थापा मगर, प्रितम गोले, विजय रुम्बा, निर्देशक/गायक बाबु जिम्बा, गायक छेवाङ तेञ्‍जिङ लामा, मिन योञ्‍जन र शिखर मोक्तानले आ-आफ्नो प्रस्तुती दिने छन्। कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने आयोजन संस्थाले जनाएको छ।




No comments: