के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

बाल अधिकार Bal adhikar


बाल अधिकार

                                                       मिति:२०६३।०५।१५
बाल अधिकारको उच्चारण गर्ने धेरै छन् यहाँ ।
अधिकार खोसेकाका अन्याय बुझ्‍ने को नै छन् यहाँ ।
सिमिनार गोष्‍ठी र सम्मेलन बाल अधिकारको नाममा ।
बाहिरी रुप र बोलीमा तर लागू हुदैन व्यवहारमा ।


प्राय: विदेशीले बालबालिकाका नाममा डलर पठाउँछन् ।
तर अगुवा भनाउँदाहरुले आफ्नो स्वार्थ र पेट भर्छन ।
बालबालिका भविष्यका कर्णधार भन्छन् तर खै बाल अधिकार ।
शोषित भइरहेका छन् बालबालिका कसैको चाहना पार्न साकार ।


हे असति हो अब कति सम्म ठक्छौँ बालबालिकालाई ।
तागत नहोला, सानो पाखुरो तर छाड्ने छैन एकएकलाई ।
तनमा तागत आउँनेछ अन्यायको विरुद्ध आवाज उठाउँन ।
यातना घृणा र बालश्रम होइन स्कूल पठाऊ लेखपठ गर्न ।


बाल अधिकार खोस्‍नेले पाउनेछ अवस्या एक दिन चोट ।
जब कुना कुनाबाट उड्नेछ आवाज र हुनेछ विष्फोट ।
हे अधर्मी पापी हो बाल अधिकार खोस्‍ने नगर सल्लाह ।
अत्याचारीका अन्त्य गर्ने सुरु भइसकेको छ हल्लाह ।


चल्छ बतास हल्लिन्छ रुख, अनि फुट्छ गुँडको अण्डा ।
जब रहस्या खोल्नेछ तब पाउनेछ त्यसले दण्डा ।
शक्तिविहीन होइन बालबालिकाहरु र बाल अधिकार ।
आँधीवेरी र ज्वालामुखीको रुप लिन्छ जब बढ्छ अत्याचार ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: