बिक्रीनामा लेख्ने तरिका
लिखितम जिल्ला नुवाकोट सामरी गा.वि.स. वडा नं. ५ बस्ने श्री छे डोल्मो
लामाका हातबाट ऐ. जिल्ला गा.वि.स. वडा नं. ६ बस्ने वर्षा २४ को म सङ्गे
पल्देन दोर्जे तामाङले आजका मितिमा रु. ३८,०००/- अक्षरेपी अठ्तीस हजार
गन्ति गरी लिएको ठीक सदर साँचो हो । उक्त रुपैयाँ लिए बापत मेरो घरगोठमा
मैले पाल्दै गरेको नेतो रंगको लामो सिङ र लामो पुच्छर भएको लइनो, काखमा
पाडी भएको भैँसी तपाई साहुलाई बिक्री हगरिदिएँ । उक्त भैँसी कसैले मेरो भनी
दाबी गरेमा आफैँ अघि सरी तपाईलाई दिलाउनेछु । दिलाउन नसकेको वा कसैले मेरो
भनी प्रमाण पुर्याएमा उक्त रुपैयाँ साँवा ब्याज सहित तिर्न मन्जुर छु भनी
यो बिक्रीनामाको कागज लेखाई दायाँ बायाँ सही छाप गरिदिएँ । साक्षी रिगसाङ
लिङ गुम्वा आसामीकै घर सदर इति सम्वत् ............. साल
.................. गते रोज ............. सही ।
No comments:
Post a Comment