के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

21 October 2022

१० औँ भङ्‍गेरी कप २०७९ को दोस्रो चरणको पहिलो दिन नव स्टार र ग्रीन हेवनको जित

कार्तिक ४, २०७९

म्यागङ-६, नुवाकोट

जारी १० औँ भङ्‍गेरी कप २०७९ को आज दोस्रो चरणको दुई खेलहरु सम्‍पन्‍न भएका छन्। कन्यास्थान युवा क्लबको भङ्‍गेरी खेल मैदानमा दिउँसो १ बजे भएको पहिलो खेलमा नव स्टार युवा क्लब 'बी' पोखरीले नागिनीस्थान युवा क्लब पोखरी डाँडालाई १-० ले हराउँदै क्‍वाटर फाइनल प्रदेश गरेको छ। अब नव स्टारले श्री रुद्राक्ष युवा क्लबसंग खेल्नेछ। यस खेलको म्यान अफ द म्याच विजेता नव स्टारको मनिष मगर भए।



दिउँसो ३ बजे भएको दोस्रो खेलको नतिजा पनि पहिलोको जस्तै रहयो।  म्यागङ-५ सामरीको सामरी युवा क्लब 'ए' लाई विदुर-८ को ग्रीन हेवन युवा क्लबले १-० ले स्तब्ध बनायो।  अब विजेता ग्रीन हेवनले द राइजिङ्ग मङ्गोलियन युवा क्लब किम्ताङको सामना गर्नेछ। विजेता ग्रीन हेवनको लागि विवेक राईले निर्णायक गोल गरेको थियो। विजयी गोल गर्ने गोलकर्ता राई नै यस खेलको म्यान अफ द म्याच घोषित भयो। दुबै खेलको म्यान अप द म्याचले एक-एक थान जर्सी प्राप्‍त गर्‍यो।


आजको खेलसंगै क्‍चाटर फाइनल समीकरण पनि पूरा भएको छ। अब हुने जुनतारा युवा क्लब विरुद्ध प्लेनप्लेन युवा क्लब र प्रगतिशील युवा क्लब र म्हाने गङ युवा क्लब बीचको विजेताले सेमी-फाइनलमा स्थान बनाउने छ।


भोलिको खेलहरु

जुनतारा युवा क्लब विरुद्ध प्लेनप्लेन युवा क्लब

प्रगतिशील युवा क्लब विरुद्ध म्हाने गङ युवा क्लब





No comments: