के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻
Showing posts with label Education after SEE. Show all posts
Showing posts with label Education after SEE. Show all posts

20 October 2022

भोलि १० औँ भङ्‍गेरी कप २०७९ को प्रि क्‍वाटर फाइनलको दुई खेल

कार्तिक ३, २०७९

म्यागङ-६, नुवाकोट 

भोलि १० औँ भङ्‍गेरी कप २०७९ को प्रि-क्‍वाटर फाइनलको दुई खेलहरु हुँदैछन्। दिउँसो १ बजे नागिनीस्थान युवा क्लब पोखरी डाँडाले नव स्टार युवा क्लब पोखरीको सामना गर्नेछ भने दिउँसो ३ बजे हुने खेलमा सामरी युवा क्लब 'ए' ले ग्रीन हेवन युवा क्लव विदुर-१२ सँग खेल्दैछ।  नागिनीस्थान युवा क्लब पोखरी डाँडा र नव स्टार युवा क्लब पोखरी बिचको विजेताले यस अघि नै क्‍वाटर फाइनलमा स्थान बनाइ सकेको श्री रुद्राक्ष युवा क्लवको सामना गर्ने छ। यसै गरि दोस्रो खेलको विजेताले क्‍वाटर फाएनलमा द राइजिङ्ग मङ्‍गोलियन युवा क्लब किम्ताङसंग भिड्‍ने छ। प्रि-क्‍वाटर फाइनलको दुई खेल भने पर्सी हुनेछ।



28 July 2022

SEE मा कति GPA र कुन विषयमा कति-कति ग्रेड ल्याएमा कुन संकायमा भर्ना हुन पाउने

 

एसईई नतिजा प्रकाशित भएको छ। नतिजा आएसँगै कुन विषय पढ्ने तथा कुन संकायमा कुन विषय पढ्न कति GPA र कुन-कुन विषयमा कति-कति ग्रेड भएमा के-के संकायमा पढ्‍न पाउछ भन्‍ने स्वाभाविक जिज्ञासा हुन्छ

एसईईको GPA र विषयहरुमा प्राप्‍त ग्रेड अनुसार विद्यार्थीले निम्‍न विषयहरु लिएर निम्न संकायहरुमा अध्ययन गर्न पाउँछन्

क्र.सं.

संकाय (समूह)

जीपीए

ग्रेड

विज्ञान

२.०

विज्ञान र गणितमा C+ र नेपाली, अंग्रेजी र सामाजिकमा D+

व्यवस्थापन

१.६

अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा D+

मानविकी

१.६

अंग्रेजी, नेपाली र सामाजिकमा D+

शिक्षा

१.६

अंग्रेजी, नेपाली र सामाजिकमा D+

शिक्षा (विज्ञान)

१.६

बिज्ञान र गणितमा D+

प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारण तर्फ पनि कक्षा ११ मा भर्ना भई पढ्‍न पाउँछन्।

 


अत: आफुले पढ्‍न चाहेको विषय वा संकायमा GPA वा विषयको ग्रेड नपुगेमा कुनै आवश्यक दुई विषयको ग्रेड वुद्धि गर्न पनि सकिनेछ। त्यसको लागि फारम भरेर पुन: परिक्षा दिनु पर्छ। ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन र परीक्षाको वारेमा बोर्डले पछि सुचना प्रकाशन गरिनेछ।