के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻
Showing posts with label Child Marriage. Show all posts
Showing posts with label Child Marriage. Show all posts

03 March 2022

म्यागङ गा.पा. मा वाल विवाह न्युनिकरण सम्बन्धी कार्यक्रम सम्पन्‍न

फागुन १६

म्यागङ, नुवाकोट

बागमती प्रदेश सरकारको वाल विवाह अन्त्यको लागि समुदाय परिचालन अन्तर्गत म्यागङ गाउँ पालिकाको शिक्षा तथा महिला तथा वालवालिका शाखाद्वारा आयोजित वाल विवाह न्युनिकरन सम्‍बन्धि विद्यालय स्तरीय कविता प्रतियोगीता र वाल क्लवहरुको क्षमता विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्‍न भएको छ।


गा.पा. परिसारमा सम्पन्‍न उक्त कार्यक्रममा गा.पा. प्रमुख आशा तामाङ्ग, शिक्षा अधिकृत शेर सिंह रावत, अन्य गा.पा. अधिकारीहरु र विभिन्‍न विद्यालयको वाल क्लवसंग सम्बन्धीत शिक्षकहरु उपस्थिति रहेको थियो।


गा.पा. भित्रको विद्यालयहरुको वाल क्लवको अध्यक्षहरुको पनि सहभागी रहेको उक्त कार्यक्रममा गाउँपालिका स्तरीय वाल क्लवको अध्यक्षमा विन्दु केशर मा.वि. वाल क्लवको अध्यक्ष मुना भुजेल चयन भएकी छिन्।


यसै गरी वाल विवाह न्युनिकरण सम्बन्धी कविता प्रतियोगीतामा वुम्ताङ्गको सरस्वती मा.वि. प्रथम, टक्सारको विन्दु केशर मा.वि. द्वितीय र देउरालीको देउराली बोर्डिङ्गले तेस्रो स्थान साहिल गरेको थियो।


फोटो स्रोतः सूर्य लाल तामाङ्ग र विन्दु केशर मा.वि.