के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

24 June 2017

रश्‍मी तामाङ्ग आज गाउँमा गीतबाट तेस्रो चोटी मनोनयनमा

लोक दोहोरी क्षेत्रमा अवार्डमा अवार्ड आफ्ना पोल्टामा पार्न सफल रश्‍मी तामाङ्ग त्यही क्षेत्रको अर्को विधामा पनि अगाडी द‍ेखेकी छिन्। त्यो हो एउटै गीतबाट तीन फरक अवार्डमा मनोनयनमा पर्नु। आज गाउँमा गीतबाट उनी तीन छुट्टाछुट्टै अवार्डमा  मनोनयनमा परेकी हुन्। 


२०७३ साल चैतमा राष्‍ट्रिय राप्‍ती अवार्डमा आज गाउँमा बाट बेस्‍ट मोडलमा अवार्ड जित्‍न सफल भएकी रश्‍मी तामाङ्ग आउँदो  आषाढ २९ गते हुने खबर म्युजिक अवार्डमा पनि मनोनयनमा परेकी छिन्। उसो त उनी त्यही गीतबाट राष्‍ट्रिय लोक दोहोरी अवार्डमा पनि मनोनयनमा पर्न सफल भएकी छिन्। राष्‍ट्रिय लोक दोहोरी अवार्ड आउँदो साउन ७ गते वितरण गरिने छ। यसरी एउटै गीतबाट तीन-तीन चोटी मनोनयनमा पर्नु दोहोरी क्षेत्रमै दुर्लभ हुन सक्छ।

तीन मनोनयन मध्ये एउटामा उनले अवार्ड हात पर्न सफल भएकी थिईन भने दुई ओटा घोषणा हुन बाँकी छ। के रश्‍मीले एउटै गीतबाट ह्याट्रिक गर्लिन त? यी र यस्ता प्रश्‍नहरु जो कोहीको दिमागमा उठ्न सक्छ। राष्‍ट्रिय राप्‍ती अवार्ड जितेर अन्तरवार्ता दिने क्रममा अबका दिनहरुमा कमै मात्रमा गीति भिडियोमा देख पर्ने घोषणा गरेकी रश्‍मीको लागि यी दुई मनोनयन नै अन्तिम त हुने होइन। उनले अन्तरवार्ताहरुमा भनेकी छिन् कि कम गर्ने तर उत्कृष्‍ठ छनोट गरेर मात्र गर्ने रे।  

No comments: