के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

22 October 2022

आजको जितसँगै प्लेनप्लेन र म्हाने गङ १० औँ भङ्‍गेरी कप २०७९ को सेमी फाइनलमा

 कार्तिक ०५, २०७९

म्यागङ-६, नुवाकोट


जारी भङ्‍गेरी कप २०७९ मा आज दुई खेल सम्‍पन्‍न भका छन्। दिउँसो १ बजे सुरु भएको खेलमा म्यागङ-६, पनेराको जुनतारा युवा क्‍लबले म्यागङ-३, प्लेनप्लेनको प्लेनप्लेन युवा क्लबबिच भएको खेलको नतिजा पेनाल्टीले निर्धारण गर्‍यो। प्लेनप्लेनले जुनतारालाई पेनाल्टी सुट आउटमा ४-३ ले पराजित गर्दै सेमी फाइनलमा स्थान बनाउन सफल भएको छ। सेमी फाइनलमा प्लेनप्लेनले श्री रुद्राक्ष युवा क्लब र नव स्टार युवा क्लबबिचको विजेतासँग भिड्‍ने छ। यस खेलको नायक प्लेनप्लेनको गोल रक्षक विकेश तामाङ्ग घोषित भयो।


दिउँसै ३ बजे भएको खेलमा म्यागङ-६, भञ्‍ज्याङको प्रगतिशील युवा क्‍लब लाई २-० ले पराजित गर्दै म्हाने गङ युवा क्लब, टिकादुङले पनि सेमी फाइनलमा पुगेको छ। आफ्‍नो पहिलो खेलमा ड्रीम मेकर युवा क्लबलाई ७‍० ले हराएको म्हाने गङले आज पनि कुनै गोल नखाइ खेल आफ्नो पक्षमा पारेको छ। आब म्हाने गङले भोलि हुने रद राइजिङ्ग मङ्‍गोलियन युवा क्लब र ग्रीन हेवन युवा क्लब बीवको विजेतासंग सेमी फाइनलमा भिड्‍ने छ। विजेता म्हाने गङको विमल तामाङ्ग यस खेलको म्यान अप द म्याच भए। दुबै खेलको म्यान अफ द म्याचले एक/एक थान जर्सी प्राप्‍त गर्‍यो।




भोलिको खेलहरु

१. नव स्टार युवा क्लब विरुद्ध श्री रुद्राक्ष युवा क्लब (दिउँसो १ बजे)

२. द राइजिङ्ग मङ्‍गोलियन युवा क्लब विरुद्ध ग्रीन जेवन युवा क्लब (दिउँसो ३ बजे)


फोटो स्रोत: बीर बहादुर तामाङ्ग (प्रतियोगीता संयोजकको फेवबूकबाट)

बाँकी फोटाहरु

No comments: