कार्तिक ०७, २०७९
म्यागङ-६, नुवाकोट
यस वर्षको भङ्गेरी कप फुटवल प्रतियोगीता २०७९ मा म्यागङ-६, पोखरीको नव स्टार युवा क्लब 'बी' र नेत्रावती डवजोङ, टिकादुङको म्हाने गङ युवा क्लब फाइनलमा पुगेको छ। असोज ३० गते सुरु भएको यस प्रतियोगीतामा २० टीमहरुको सहभागीता थियो। आज भएको पहिलो सेमी फाइनलमा नव स्टार युवा क्लबले प्लेनप्लेन युवा क्लबलाई ४-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। यस खेलको म्यान अफ द म्याच नव स्टारको पाल्देन शेर्पा घोषित भयो।
दिउँसो ३ बजे भएको दोस्रो सेमि-फाइनलमा म्हाने गङ युवा क्लब टिकादुङले ग्रीन हेवन युवा क्लब विदुरलाई २-० ले पराजित गर्दै फाइनल प्रदेश गरेको हो। यस खेलको म्यान अफ द म्याच म्हाने गङको प्रदीप डंगोल घोषित भयो।
यस प्रतियोगीताको फाइनल खेल भोलि मिति २०७९-०७-०८ हुनेछ। कंग्रेसको नेता बहादुर सिंह लामा (तामाङ्ग) को प्रमुख अतिथ्यमा हुने समापन कार्यक्रमको विशेष अतिथिहरुमा जगत बहादुर तामाङ्ग र म्यागङ गाउँपालिकाको प्रमुख आशा तामाङ्ग रहने छ भने अतिथि गा.पा. उप-प्रमुख सीता तामाङ्ग रहने व्यहोरा प्रतियोगीताको समापन कार्यक्रमको वेनरमा उल्लेख छ। वेनरमा उल्लेख गरेको वाहेक पनि अन्य अतिथिहरुको पनि सहभागीता रहनेछन्। समापन कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरु पनि हुनेछन्।
फाइनल खेल १२:३० बजे बाट हुने प्रतियोगीता संयोजक बीर बहादुर तामाङ्गले जानकारी गराउनु भएको छ। १० औँ भङ्गेरी कपको फाइनल हेर्न आउन दर्शक महानुभावहरुलाई हार्दिक निमन्त्रणा छ। साथै यस वर्षको शुभ दीपावली, नेपाल सम्वत्, भाई टीका तथा छठ पर्वको पनि हार्दिक ंमङ्गलमय शुभकामना।
फोटो स्रोत: बीर बहादुर तामाङ्ग (प्रतियोगीता संयोजकको फेसबूक)
No comments:
Post a Comment