
वर्ष २०७३ साल लोक दोहोरी मोडल रश्मी तामाङ्गको लागि सुखद रहयो।(उनी अहिले गायिका पनि भएकी छिन्, उनले दारु पार्टी बोलको गीत गाएकी छिन्।) उनले २०७३ सालमा अवार्डमा ह्याट्रिक नै गरिन। एक पछि अर्को अवार्ड जित्न थाले पछि उनले अवार्ड गर्लको उपनाम नै पाइन्। २०७३ सालको अन्त्यमा हुने अर्थात् यही २०७३ साल चैत २८ गते हुने राप्ती अवार्डमा पनि आशिष म्युजिकको प्रस्तुती र कृष्ण रेउलेको आज गाँउमा बोलको गीतबाट सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडल महिला विधामा मनोनयनमा परेकी छिन्। विगतमा "राप्ती अवार्ड" बाट वितरण भइ आएको यो अवार्ड यसपाली देखि "राष्ट्रिय राप्ती अवार्ड" को नाम बाट वितरण हुने भएको छ।
No comments:
Post a Comment