के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

27 October 2023

त्रि-देशीय टी-२० आई क्रिकेट सिरिज युएईलाई

  कार्तिक १०, २०८०

आज टी.यू. क्रिकेट मैदानमा भएको फाइनलमा टस जितेर यूएईले नेपाललाई ब्याटिङको लागि निम्तो दिएको थियो। ब्याटिङमा उत्रेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन मात्र बनाउन सक्यो। यस अघिको खेलहरु चलेको ब्याटरहरु खासै जमेन। नेपालको पारीलाई ओपनर कुशल भुर्तेलले केसी राहत दिएको थियो भने अन्य ब्याटरले पहिलेको दाजोमा खासै जमेर खेल्न सकेन। संकट मोचन ऐरी पनि यो खेलमा जम्‍न सकेन। नेपाली ब्याटर नचल्नु वा नजम्नु भन्दा नि आजको फाइनलमा यूएईको बलर चलेको थियो भन्‍न सकिन्छ। नेपाललाई सस्तैमा समेट्न आयन अफ्जल खानले ३, अलि नसीर र जहूर खानले २/२ विकेट र मुहम्मद जवहुल्लाहले १ विकेट लियो। ब्याटिङमा भुर्तेलले मात्र अर्ध शतकीय पारी खेल्यो।



१७३ रनको विजय लक्ष्यको साथ मैदान उत्रको यूएईले १ बल अवागै ४ विकेटले नेपाललाई जितेर त्रि-देशीय सिरिज आफ्नो नाममा लेखायो।  बलिङ तर्फ नेपालको गुलशान झा र अविनाश बोहराले २/२ र कुशल मल्लले १ विकेट लियो तर त्यसले खेल आफ्‍नो पक्षमा राख्‍न सकेन र आफ्नै मैदानमा सिरिज हार्न वाध्य भयो। 


एवार्ड

फुडमान्डु वेस्ट डेलिभरी अफ द म्याच: गुलशान झा -  नेपाल

प्लेयर अफ द म्याच: आयन अफ्जल खान - यूएई

वेस्ट बलर अफ द सिरिज: करण के.सी.  (१० विकेट) - नेपाल

वेस्ट ब्याटर अफ द सिरिज:  वासिल हमित (१७० रन) - यूएई

पल्सर प्लेयर अफ द सिरिज: करण के.सि. - नेपाल

24 October 2023

एसीसी पुरुष यू-१९ प्रिमियम कप २०२३ नेपाललाई

  कार्तिक ७, २०८०

मलेसियामा जारी एसीसी यू-१९ प्रिमियम कप २०२३ को उपाधि नेपालले जितेको छ। आज भएको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। यस क्रमा नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८० नबाएको थियो। नेपाललाई २८० रन बनाउन कप्तान देव खनालले सतकीय पारीको खेल खेलेको थियो।  नेपालको लागि विकेट किप्पर उत्तम राँगु थापा मगरले ५७, अर्जुन कुमालले ५५, दिपक प्रसाद डुम्रेले २८, दिपेश कँडेलले १०, हेमन्त धामीले ७, दीपक बोहराले ५, विशाल विक्रम के.सी.ले ३ र आकाश चन्दले १ जोडे भने आकाश त्रिपाठीले कुनै रन जोडन सकेन। उत बलिङ तर्फ हरित सेट्टीले ५, आयन अफ्जल खानले २ र अम्मर बदामीले १ विकेट लिए।



२८१ रनको विजय लक्ष्य सहित ब्याटिङमा उत्रेको यूएईले इनिङमा पानीले अवरोध गरे पछि २७ ओभरमा १९८ रनमा झरिएको कखेलमा तनिश सुरिले १, विकेट किप्पर अर्यान्श शर्माले ३२, ध्रुव पराशरले ५९, कप्तान आयन अफ्जल खानले ३०, अम्मर बदामीले ९, ययिन किरण राईले १७, हर्षित सेठले ६, इथन डिसुजाले १३, मरूफ मर्च्यान्टले ७, हार्दिक पई र हरित सेट्टीले १/१ रन बनाएको थियो। क्पतान खान र ध्रुव पराशरले यूएईको पारीलाई केही आश दिलाए पनि अन्तत: खेल जित्न भने सकेन। यूएईलाई २१ रनले जित्न नेपालको आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले १ विकेट लिएको थियो। 


व्यक्तिगत तर्फ

प्लेयर अफ द फाइनल: देव खनाल (नेपाल)

वेस्ट ब्याटर अवार्ड: देव खनाल (नेपाल)

वेस्ट बलर: आयन अफ्जल खान (यूएई)

प्लेयर अफ दि सिरिज: दिपेश कँडेल (नेपाल)







13 October 2023

सामरी भञ्‍ज्याङ क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्‍न

असोज २६, २०८० 

म्यागङ गाउँपालिका-६, नुवाकोट

म्यागङ गाउँपालिकाको एक मात्र विश्‍व विद्यालय स्तरको शैक्षिक संस्था सामरी भञ्‍ज्याङ क्याम्पसको दोस्रो क्याम्पस सभा आज सामरी जाल्पा देवी मन्दिर परिसरमा सम्पन्‍न भएको छ। प्रमुख अतिथि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा (तामाङ) रहेकोमा माननीय मन्त्रीज्यूको अधिक कार्यक्रम समयतालिकाको कारण उपस्थित हुन सक्नु भए। निर्धारित समयमा कार्यक्रम सुरु हुन नसकेको उक्त सभाको सभापति क्याम्पस सञ्‍चालन समितिको अध्यक्ष नुछेमान मानन्धरले गर्नु भएको थियो। प्रमुख अतिथि र विशेष अतिथि म्यागङ गाउँपालिका प्रमुख आशा तामाङ र उप‍-प्रमुख सीता तामाङ रहेको उक्त सभामा अतिथिहरुमा म्यागङ वडा नं. ५ र ६ को वडा अध्यक्षद्वाय जित बहादुर तामाङ र हरि कुामर तामाङ तथा अन्य जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। 



म्यागङ गाउँपालिकाको विभिन्‍न विद्यालयहरुका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षप्रेमी, वुद्धिजिवी, समाजसेवी, अभिभावक, प्रध्यापक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। क्याम्पस सञ्‍चालन समितिको पुनर्गठन सभामा ग्रामसेवा विद्याश्रम मा.वि.का विद्यार्थीले सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको थियो भने क्याम्पसका विद्यार्थीहरुले स्वागत गीत तथा कार्यक्रम सञ्‍चालन गरेको थियो। उक्त सभामै यस क्याम्पसबाट उच्च शिक्षामा सफलता हासिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको थियो।



पुनर्गठित क्याम्पस सञ्‍चालन समितिमा पुन: नुछेमान मानन्धर मनोनित भएको छ। समितिको अन्य पदाधिकारीहरुको पूर्ण जानकारी निम्‍न छन्।

१. श्री नुछेमान मानन्धर-अध्यक्ष

२. श्री दावा छिरिङ लामा-उपाध्यक्ष

३. श्री जित बहादुर तामाङ-पदेन सदस्य (वडाध्यक्ष म्यागङ गाउँपालिका वडा नं. ५)

४. श्री हरि कुमार तामाङ-पदेन सदस्य (वडाध्यक्ष म्यागङ गाउँपालिका वडा नं. ६)

५. श्री आशा तामाङ- पदेन सदस्य (प्रमुख: म्यागङ गाउँपालिका)

६. श्री इन्द्रमान मानन्धर- सदस्य

७. श्री विर बहादुर तामाङ-सदस्य (वडा सदस्य: वडा नं. ५)

८. श्री जुठेराज शाक्य- सदस्य

९. श्री आकृती तामाङ-सदस्य

१०. श्री विर बहादुर तामाङ-सदस्य (वडा सदस्य वडा नं. ६)

११. श्री गोविन्द सापकोटा-सदस्य (वडा सदस्य वडा नं. ६)

१२. श्री फौदा तामाङ-सदस्य

१३. श्री कमल सिंह गुरुङ-सदस्य

१४. श्री त्रि.वि. प्रतिनिधि-सदस्य

१५. श्री राकेश प्रसाद साह-सदस्य सचिव