कार्तिक ७, २०८०
मलेसियामा जारी एसीसी यू-१९ प्रिमियम कप २०२३ को उपाधि नेपालले जितेको छ। आज भएको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। यस क्रमा नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८० नबाएको थियो। नेपाललाई २८० रन बनाउन कप्तान देव खनालले सतकीय पारीको खेल खेलेको थियो। नेपालको लागि विकेट किप्पर उत्तम राँगु थापा मगरले ५७, अर्जुन कुमालले ५५, दिपक प्रसाद डुम्रेले २८, दिपेश कँडेलले १०, हेमन्त धामीले ७, दीपक बोहराले ५, विशाल विक्रम के.सी.ले ३ र आकाश चन्दले १ जोडे भने आकाश त्रिपाठीले कुनै रन जोडन सकेन। उत बलिङ तर्फ हरित सेट्टीले ५, आयन अफ्जल खानले २ र अम्मर बदामीले १ विकेट लिए।
२८१ रनको विजय लक्ष्य सहित ब्याटिङमा उत्रेको यूएईले इनिङमा पानीले अवरोध गरे पछि २७ ओभरमा १९८ रनमा झरिएको कखेलमा तनिश सुरिले १, विकेट किप्पर अर्यान्श शर्माले ३२, ध्रुव पराशरले ५९, कप्तान आयन अफ्जल खानले ३०, अम्मर बदामीले ९, ययिन किरण राईले १७, हर्षित सेठले ६, इथन डिसुजाले १३, मरूफ मर्च्यान्टले ७, हार्दिक पई र हरित सेट्टीले १/१ रन बनाएको थियो। क्पतान खान र ध्रुव पराशरले यूएईको पारीलाई केही आश दिलाए पनि अन्तत: खेल जित्न भने सकेन। यूएईलाई २१ रनले जित्न नेपालको आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामीले १ विकेट लिएको थियो।
प्लेयर अफ द फाइनल: देव खनाल (नेपाल)
वेस्ट ब्याटर अवार्ड: देव खनाल (नेपाल)
वेस्ट बलर: आयन अफ्जल खान (यूएई)
प्लेयर अफ दि सिरिज: दिपेश कँडेल (नेपाल)
No comments:
Post a Comment