के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

13 October 2023

सामरी भञ्‍ज्याङ क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्‍न

असोज २६, २०८० 

म्यागङ गाउँपालिका-६, नुवाकोट

म्यागङ गाउँपालिकाको एक मात्र विश्‍व विद्यालय स्तरको शैक्षिक संस्था सामरी भञ्‍ज्याङ क्याम्पसको दोस्रो क्याम्पस सभा आज सामरी जाल्पा देवी मन्दिर परिसरमा सम्पन्‍न भएको छ। प्रमुख अतिथि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा (तामाङ) रहेकोमा माननीय मन्त्रीज्यूको अधिक कार्यक्रम समयतालिकाको कारण उपस्थित हुन सक्नु भए। निर्धारित समयमा कार्यक्रम सुरु हुन नसकेको उक्त सभाको सभापति क्याम्पस सञ्‍चालन समितिको अध्यक्ष नुछेमान मानन्धरले गर्नु भएको थियो। प्रमुख अतिथि र विशेष अतिथि म्यागङ गाउँपालिका प्रमुख आशा तामाङ र उप‍-प्रमुख सीता तामाङ रहेको उक्त सभामा अतिथिहरुमा म्यागङ वडा नं. ५ र ६ को वडा अध्यक्षद्वाय जित बहादुर तामाङ र हरि कुामर तामाङ तथा अन्य जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। 



म्यागङ गाउँपालिकाको विभिन्‍न विद्यालयहरुका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षप्रेमी, वुद्धिजिवी, समाजसेवी, अभिभावक, प्रध्यापक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। क्याम्पस सञ्‍चालन समितिको पुनर्गठन सभामा ग्रामसेवा विद्याश्रम मा.वि.का विद्यार्थीले सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको थियो भने क्याम्पसका विद्यार्थीहरुले स्वागत गीत तथा कार्यक्रम सञ्‍चालन गरेको थियो। उक्त सभामै यस क्याम्पसबाट उच्च शिक्षामा सफलता हासिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको थियो।



पुनर्गठित क्याम्पस सञ्‍चालन समितिमा पुन: नुछेमान मानन्धर मनोनित भएको छ। समितिको अन्य पदाधिकारीहरुको पूर्ण जानकारी निम्‍न छन्।

१. श्री नुछेमान मानन्धर-अध्यक्ष

२. श्री दावा छिरिङ लामा-उपाध्यक्ष

३. श्री जित बहादुर तामाङ-पदेन सदस्य (वडाध्यक्ष म्यागङ गाउँपालिका वडा नं. ५)

४. श्री हरि कुमार तामाङ-पदेन सदस्य (वडाध्यक्ष म्यागङ गाउँपालिका वडा नं. ६)

५. श्री आशा तामाङ- पदेन सदस्य (प्रमुख: म्यागङ गाउँपालिका)

६. श्री इन्द्रमान मानन्धर- सदस्य

७. श्री विर बहादुर तामाङ-सदस्य (वडा सदस्य: वडा नं. ५)

८. श्री जुठेराज शाक्य- सदस्य

९. श्री आकृती तामाङ-सदस्य

१०. श्री विर बहादुर तामाङ-सदस्य (वडा सदस्य वडा नं. ६)

११. श्री गोविन्द सापकोटा-सदस्य (वडा सदस्य वडा नं. ६)

१२. श्री फौदा तामाङ-सदस्य

१३. श्री कमल सिंह गुरुङ-सदस्य

१४. श्री त्रि.वि. प्रतिनिधि-सदस्य

१५. श्री राकेश प्रसाद साह-सदस्य सचिव








No comments: