के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

27 October 2023

त्रि-देशीय टी-२० आई क्रिकेट सिरिज युएईलाई

  कार्तिक १०, २०८०

आज टी.यू. क्रिकेट मैदानमा भएको फाइनलमा टस जितेर यूएईले नेपाललाई ब्याटिङको लागि निम्तो दिएको थियो। ब्याटिङमा उत्रेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन मात्र बनाउन सक्यो। यस अघिको खेलहरु चलेको ब्याटरहरु खासै जमेन। नेपालको पारीलाई ओपनर कुशल भुर्तेलले केसी राहत दिएको थियो भने अन्य ब्याटरले पहिलेको दाजोमा खासै जमेर खेल्न सकेन। संकट मोचन ऐरी पनि यो खेलमा जम्‍न सकेन। नेपाली ब्याटर नचल्नु वा नजम्नु भन्दा नि आजको फाइनलमा यूएईको बलर चलेको थियो भन्‍न सकिन्छ। नेपाललाई सस्तैमा समेट्न आयन अफ्जल खानले ३, अलि नसीर र जहूर खानले २/२ विकेट र मुहम्मद जवहुल्लाहले १ विकेट लियो। ब्याटिङमा भुर्तेलले मात्र अर्ध शतकीय पारी खेल्यो।



१७३ रनको विजय लक्ष्यको साथ मैदान उत्रको यूएईले १ बल अवागै ४ विकेटले नेपाललाई जितेर त्रि-देशीय सिरिज आफ्नो नाममा लेखायो।  बलिङ तर्फ नेपालको गुलशान झा र अविनाश बोहराले २/२ र कुशल मल्लले १ विकेट लियो तर त्यसले खेल आफ्‍नो पक्षमा राख्‍न सकेन र आफ्नै मैदानमा सिरिज हार्न वाध्य भयो। 


एवार्ड

फुडमान्डु वेस्ट डेलिभरी अफ द म्याच: गुलशान झा -  नेपाल

प्लेयर अफ द म्याच: आयन अफ्जल खान - यूएई

वेस्ट बलर अफ द सिरिज: करण के.सी.  (१० विकेट) - नेपाल

वेस्ट ब्याटर अफ द सिरिज:  वासिल हमित (१७० रन) - यूएई

पल्सर प्लेयर अफ द सिरिज: करण के.सि. - नेपाल

No comments: