के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

19 October 2022

१० औँ भङ्गेरी कप २०७९ को पहिलो चरणको खेलहरु सम्पन्‍न ग्रीन हेवन र द राइजिङ मंगोलियन सिधै क्‍वाटर फाइनलमा

२०७९, कार्तिक २
म्यागङ-६, नुवाकोट
१० औँ भङ्‍गेरी कप २०७९ को आज चौथौँ दिन पहिलो चरणको खेलहरु सम्पन्‍न भएका छन्। असोज ३० गते उद्‍घाटन भएको यस प्रतियोगीतामा पहिलो दिन एक खेल र त्यसपछिको दिनहरुमा ३/३ खेल गरि आज पहिलो चरणको खेलहरु सकेको हो। २० टीमहरुको सहभागीता रहेको यस प्रतियोगीतामा अब १० टीमहरु रहेका छन् र दुई टीम श्री रुद्राक्ष युवा क्लब विदुर-१२ र द राइजिङ्ग मङ्‍गोलियन किम्ताङले सिधै क्वाटर-फाइनलमा स्थान बनाउन सफल भएका छन्। वाँकी ८ टीमहरुले भने प्रि-क्वाटर फाइनल खेल्नु पर्ने छ। प्रि-क्वाटर फाइनलको खेलहरु भोलि देखि हुनेछ्न्।


आज भएको खेलमा श्री रुद्राक्ष युवा क्लब विदुर-१२ ले सामरी युवा क्लब 'बी' लाई १-० ले पराजित गर्‍यो। यस खेलको म्यान अफ द म्याच विजेता श्री रुद्राक्षको सुरेश कुमार तामाङ्ग घोषित भयो र एक थान जर्सी प्राप्‍त गर्‍यो।

दोस्रो खेलमा आयोजक कन्यास्थान युवा क्लब 'सी' लाई ४-० ले पराजित गर्दै ग्रीन हेवन युवा क्लवले प्रि-क्वाटर फाइनलमा सामरी युवा क्लब 'ए' सँगको भेट तय गरेको छ। यस खेलमा ग्रीन हेवनका क्षितिज न्यौपाने म्यान अफ द म्याच भए र उसले एक थान जर्सी हासिल गर्‍यो।

आजको अन्तिम खेलमा फरक नतिजा आयो जसको फैसाला पेनाल्टी सुट आउटले गर्‍यो। आयोजक कन्यास्थान युवा क्लब 'बी' लाई पेनाल्टीमा ४-३ ले जित्दै द राइजिङ्ग मङ्‍गोलियन किम्ताङ्गले क्वाटर फाइनलमा स्थान बनाएको छ। द राइजिङ्ग मङ्‍गोलियनका सुजन तामाङ्गले म्यान अफ द म्याच भएर एक थान जर्सी प्राप्‍त गर्‍यो।













No comments: