के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

18 October 2022

१० औँ भङ्‍गेरी कप २०७९ को तेस्रो दिन सामरी, प्लेनप्लेन र नागिनीस्थानको जीत

२०७९, कार्तिक १,
म्यागङ-६, नुवाकोट
भङ्गेरी डाँडामा सञ्‍चालन भइरहेको १० औँ भंगेरी फुटवल प्रतियोगीता २०७९ को आज तेस्रो दिन तीन खेलहरु सम्पन्‍न भएका छन्। विहान ११ बजेबाट भएको खेलमा आयोजक कन्यास्थान युवा क्लब 'ए' र सामरी युवा क्लब 'ए' वीचको खेल सामरीले जितेको छ। सामरीले १-० को रोमञ्‍चक जितका साथ प्रि-क्वाटर फाइनलमा आयोजक कन्यास्थान युवा क्लब 'सी' र ग्रीन हेवन युवा क्लव वीचको विजेतासंगको भेट सुनिश्‍चित गरेको हो। यस खेलमा विजेता सामरीको जान लिम्बू म्यान अफ द म्याच भयो। म्यान अफ द म्याचले एक थान जर्सी प्राप्‍त गर्‍यो।



दोस्रो खेलमा प्लेनप्लेन युवा क्लबले हिमचुली युवा क्लब विदुर-५ लाई २-१ ले पराजित गर्‍यो। दिउँसो १ वजेको प्रचण्ड घाममा सुरु भएको खेलमा खेलाडीहरुले फुर्तिको साथ खेल देखाएको थियो। यस खेलको उत्कृष्‍ट खेलाडी प्लेनप्लेनको प्रकाश तामाङ्गले एक थान जर्सी प्राप्‍त गर्‍यो।




आजको अन्तिम खेल भने दिउँसो ३ बजे सुरु भएको थियो। जसमा भिड्दै थियो लार्केप युनाइटेड र नागिनीस्थान युवा क्लव, पोखरी डाँडा। उक्त खेलमा नागिनीस्थानले लार्केपलाई १ को विरुद्ध ७ गोलको फराकिलो अन्तरले जितेर प्रि-क्वाटर फाइनलमा नव स्टार युवा क्लव पोखरीसंगको भेट तय गरेको हो। विजेता नागिनीस्थानको सुजित बूढाथोकी म्यान अफ द म्याच घोषित भयो र उसले पनि एक थान जर्सी प्राप्‍त गर्‍यो। म्यान अफ द म्यान हुने सवै खेलाडीहरुलाई प्रतियोगीता संयोजक बीर बहादुर तामाङ्गले जर्सी प्रदान गरेको थियो।




भोलिको खेल र समय
१. श्री रुद्राक्ष युवा क्लब, विदुर-१२ विरुद्ध सामरी युवा क्लव 'बी' (विहान ११ बजे)
२. ग्रीन हेवन युवा क्लव, विदुर-८ विरुद्ध कन्यास्थान युवा क्लब 'सी' (दिउँसो १ बजे)
३. द राइजिङ्ग मङ्गोलियन, किम्ताङ्ग विरुद्ध कन्यास्थान युवा क्लब 'बी' (दिउँसो ३ बजे)

फोटो स्रोत: बीर बहादुर तामाङ्ग

No comments: