के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

17 October 2019

८ औं भँगेरी कप नमो वुद्ध युवा क्लव म्यागङ ५, बैकुण्डेलाई


असोज ३०
दसैंको अवसर पारेर विगत ८ वर्ष देखि निरन्तर गर्दै आएको भँगेरी कपको यस पालीको संस्करण नमो वुद्ध युवा क्लब, बैकण्डेले हात पारेको छ। निर्धारित सयममा दुवै टीमले बराबरी खेले पछि पेनाल्टी सुट आउटमा बैकण्डेले बाजी मारेको थियो। खेलको पहिलो हाफमा बैकण्डेले अग्रता लिएको थियो। पहिलो हाफ १-० ले पछि परेको उप-विजेता विद्यार्थी उपकार संघ, पात्लेले पेनाल्टी मार्फत दोस्रो हाफमा बराबरी गोल गरेर खेलमा फर्केको थियो। त्यसपछि दुबै टीमबाट राम्रो अवसरहरु प्राप्‍त गरे तापनि गोलमा परिणत गर्न नसक्द खेल पेनाल्टी सुट आउटमा गएको थियो।

विजेता नमो वुद्ध युवा क्लव, बैकुण्डेले ट्रफी, प्रमाण-पत्र, मेडल सहित नगद रु.१,००,००० रुपैया हासिल गर्‍यो भने उप-विजेता विद्यार्थी उपकार संघ, पात्लेले ट्रफी, प्रमाण-पत्र, मेडल सहित नगद रु.५०,००० रुपैयामा चित्ता बुझाउनु पर्‍यो। पात्ले नुवाकोटको छिमेकी जिल्ला धादिङको निल्काण्ड नगरपालिकाको टिम हो। यस प्रतियोगीतालाई नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ६ पुरान पानीको कन्यास्थान युवा क्लवले विगत ८ वर्ष देखि गर्दै आइरहेको छ। क्लवको खेल मैदान भँगेरी डाँडामा रहेको हुनाले यस प्रतियिगीताको नाम नि भँगेरी कप रहेको छ। यस वर्ष नगद पुरस्कारमा पनि वृद्धि गरेर १ लाख पुर्‍याएको प्रतियोगीतामा विभिन्‍न २३ ओटा टीमहरुको सहभागीता थियो। प्रतियोगीता असोज २२ गतेबाट सुरु भएको थियो।

व्यक्तिगत तर्फ
बेष्‍ट प्लेयरः सञ्‍जीब तामाङ्ग
बेष्‍ट किप्परः सोनाम तामाङ्ग 
बेष्‍ट डेफेन्डरः युनिक तामाङ्ग
हाई स्कोरः मिथुन तामाङ्ग
फेयर प्लेः विद्यार्थी उपकार संघ, पात्‍ले
बेष्‍ट कोचः नमो वुद्ध युवा क्लब, बैकुण्डे
बेष्‍ट मेनेजरः विद्यार्थी उपकार संघ, पात्‍ले













भिडियो:



No comments: