के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

03 November 2019

प्रथम अन्डर नाइन्टीन (U-19) फुटवल प्रतियोगीता न्यु वाका रहा युवा क्लबलाई


म्यागङ, कार्तिक, १७

तिहार र छठ पर्वको अवसर पारेर म्यागङ गाउँपालिका वडा नम्बर ०६, मैबलको समाज सेवा युवा क्लब उपसमितिद्वारा आयोजित अन्डर-१९ फुटवल प्रतियोगीता धादिङ्ग जिल्लाको नेत्रवती डप्जोङ वडा ३ गैराको न्यु वाका रहा क्लबले जितेको छ। उसले आयोजक मैवलको ग्रीन फरेष्‍ट युवा क्लबलाई पराजित गरेको थियो। उक्त खेलमा गैराका अमन तामाङ्गले तीन गोल गरेको थियो।

समाजसेवा युवा क्लबका अध्यक्ष सोम बहादुर तामाङ्गको सभापतित्वमा सम्पन्‍न फाइनल खेलमा म्यागङ वडा नं. ६ को वडा अध्यक्ष आत्तम सिङ तामाङ्ग प्रमुख अतिथि रहेको थियो । विशेष अतिथिहरुमा वडा सदस्य हरी कुमार तामाङ्ग, समाज सेवी मिन बहादुर गुरुङ्ग र श्री बैयन्ती शिक्षा निकेतन आधारभूत विद्याकयका अध्यक्ष हरि कुमार डिम्डुङ्ग थिए।

विजेता न्यु वाका रहा युवा क्लबले नगद रु.१०,१०० सहित ट्रफी, प्रमाण-पत्र र मेडल हात पार्‍यो भने उप-विजेता ग्रीन फरेष्‍ट युवा क्लबले रु.५,१०० सहित ट्रफी, प्रमाण-पत्र र मेडलमा चित्त बुझाउनु पर्‍यो। उप-विजेता ग्रीन फरेष्‍ट युवा क्लबले क्ल‍लाबारी युवा क्लबलाई पराजित गरेको थियो भने उता विजेता न्यु वाका रहा युवा क्लबले सेमी-फाइनलमा मैबल युवा क्लबलाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो।

व्यक्तिगत तर्फ
वेस्ट किप्परः अमन तामाङ्ग (न्यु वाका रहा)
वेस्ट डिफेन्डरः ग्रीन फरेष्‍ट
वेस्ट फर्वाडः भक्त तामाङ्ग
वेस्ट कोचः सुमन तामाङ्ग (ग्रीन फरेष्‍ट)
वेस्ट मेनेजरः जयराम तामाङ्ग (ग्रीन फरेष्‍ट)
वेस्ट प्लेयरः शरण तामाङ्ग (न्यु वाका रहा)










फोटो स्रोतः सोम बहादुर तामाङ्ग फेसबूक


No comments: