के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

14 October 2019

रिगसाङ लिङ्ग वौद्ध गुम्वा निर्माणको अन्तिम चरणमा तर रकम अभावमा केही काम वाँकी


असोज २७

वि.सं. २०७२ सालको भुकम्पले क्षति पुगेको रिगसाङ्ग लिङ्ग वौद्ध गुम्वा वि.सं. २०७६ साल बैशाख ७ गते गठति नयाँ व्यवस्थापन समितिले आफ्नो स्रोत साधन र क्षमताले भ्याएसम्मको काम गरेर नयाँ गुम्वा भवन बनाएको छ। गुम्वा भवन बने पनि अझै धेरै कुरा अन्योलमा रहेको छ। जसो तसो गरेर गुम्वा भवन र छाउने काम सकेको छ। तर प्लास्टर गर्ने र रंगरोवन अनि सजवाट गर्ने काम कहिले कसरी भन्‍ने कुरा अन्योलमा रहेको कुरा व्यवस्थापन समितिको अध्यक्ष मने तामाङ्गले बताएको छ। गुम्वाको आफ्नै पैसा र केहि व्यक्ति, संघ-संस्था र स्थानीय सरकारी निकायबाट प्राप्‍त सहयोगबाट गुम्वा भवन बनेको छ। निर्माण गर्दा रकम अपुग भएर ढुवानी खर्च र कामदारलाई अझै रकम निकासा गर्न नपाएको समितिको सदस्य श्याम तामाङ्ले जानकारी दिइएको छ।
गुम्वा विकास समितिले भूकम्प पश्‍चात घोषणा गरेको रकम निकासा नहुँदा साँढे ३ वर्ष टाप्लिनले छाएको गोठको रुपमा रहेको थियो। गुम्वा विकास समितिबाट कुनै औपचारिक निर्नय नआएपछि समिति जुरमुराएर गुम्वा निर्माण थालेको थियो। हालको लागि काम चलाउ अवस्थामा रहेको छ। तर गुम्वाको सुन्दरता र मौलिकता हेर्ने हो भने भद्रगोल देखिन्छ। ढालन भुँईमा म्याटिस ओछ्यार बस्दा चिसो हुने गरेको गुनासो लामा गुरु र आनीहरुको रहेको छ। जसो तसो गुम्वा भित्रको भित्तामा प्लास्टर गरेको छ तर रंगरोवन गरेको छैन। विना रंग रोवन गुम्वामा हुनु पर्ने सुन्दरता नहुँदा फिक्‍का देखिन्छ।
गुम्वा निर्माण अभियानमा लोक दोहोरी मोडल रश्मी कुमारी तामाङ्ग पनि सशक्त रुपमा लागिपरेकी छिन्। वुद्धिस्टहरुको हरेक संस्कार जस्तै जन्म देखि मृत्यू सम्मका संस्कार गुम्बामा हुने गर्छ। यस्तो अवस्थामा गाउँमा एउटा पनि गतिलो गुम्बा नहुँदा गाउँका वौद्ध धर्मावलम्बीहरुले धेरै बिघ्न वाधाको सामना गर्नु परेको देखेर आफू गुम्बा निर्माण अभियानमा लागेकी कुरा मोडल तामाङ्गले जानकारी दिइन। आफूले चिने जानेको व्यक्ति, संघ, संस्था र साथीभाईहरुलाई सहयोगको लागि अपिल गरेर केही सहयोग प्राप्‍त गरेको र केही घोषित व्यक्ति, संघ तथा संस्थाहरुबाट सहयोग राशी आउन र प्राप्‍त हुन वाँकी रहेको बताइन। घोषित सहयोग राशी प्राप्‍त भए पछि वाँकी रहेको काम सम्पादन गर्न सजिलो हुने विश्‍वास मोडल तामाङ्गको रहेको छ। गुम्बा निर्माण अभियान र निर्माण कार्यमा आफ्‍नो परिवारका सब सदस्य लागेपरेको कुरा पनि उनले थपिइ।


Image result for rashmi tamang
मोडल तामांङ्गले लोक दोहोरी क्षेत्रमा लागेर आफ्नो पहिचान र स्थान बनाइ सकेको र अब आफ्नो जन्म गाउँठाउँमा केही गरौं भनेर गुम्वा निर्माण अभियानमा लागेको बताइन। गाउँमा केही गरौं भनेर लागेको बेला पहिलो कदम गुम्वा निर्माण अभियानमा हालेको जानकारी दिइन। जसरी मोडलिङ्गमा सबैले साथ र सहयोग गरेका थिए अबको मेरो यो सामाजिक कार्यमा पनि सबैले साथ र सहयोग दिने छ भन्‍ने उनको विश्‍वास रहेको कुरा पनि उनले फेरी थपिन। सहयोगी व्यक्ति, संघ र संस्थाहरुको नामवली गुम्वाको अभिलेखामा राख्‍ने कुरा पनि उनले बताइन। देश विदेशमा रहेका हरेक दानी र सहयोगी मन र हातहरुलाई सहयोगको लागि मोडल तामाङ्ग सहित गुम्वा व्यवस्थापन समिति र गाउँलेहरुले सबैलाई अनुरोध गरेका छन्।


दान गरौं, धर्म कमाऔं

























No comments: