असोज १७, काठमाण्डौ
हिन्दु महान चाड विजय दशमीको अवसर पारेर विभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरेर रमाइलो गर्ने र शुभकामना आदान प्रदान गर्ने गरिन्छ। यस कुरालाई आधार मानेर नुवाकोट म्यागङ गाउँपालिका वडा नम्बर ५ र ६ का कलाकरहरुले पनि दसैं विशेष कार्यक्रम गर्ने भएको छ। यसलाई सामरी कलाकार संघको प्रथम अधिवेशनको नाम पनि दिइएको छ। "हाम्रो परम्परा, हाम्रो संस्कृति" "हाम्रो कला संस्कृति, हाम्रो पहिचान, संस्कार, संस्कृति, भेषभुषा जगेर्ना, हाम्रो अभियान" नाराको साथ हुन लागेको कार्यक्रमको नाम "सामरी कलाकार संघको प्रथम अधिवेशन तथा दशैं विशेष सांगितिक धमाका - २०७६" रहेको छ। म्यागङ गाउँपालिकाको अध्यक्ष आशा तामाङ्गको प्रमुख अतिथि रहने उक्त कार्यक्रममा उप-अध्यक्ष शान्ति घले र नुवाकोट तरुणदलको अध्यक्ष सिंह राज लामाको विशेष अतिथ्य रहने छ। यस कार्यक्रमको संयोजन गायक विश्व पासा तामाङ्ग हुन भने कार्यक्रम असोज २२ गते हुने छ।
सामरी भञ्ज्याङ्गमा हुने कार्यक्रममा सामरी क्षेत्रका सम्पूर्ण कलाकारहरुको उपस्थिति रहने जानकारी कार्यक्रमको पोष्टरबाट थाहा हुन्छ। तामाङ्ग जातिको वहुलियता रहेको क्षेत्र भएको कारणले उक्त कार्यक्रममा पनि विशेष गरी तामाङ्ग कलाकार र तामाङ्ग संस्कृति झल्काउने कार्यक्रम हुने देखिन्छ। कार्यक्रममा विशेष गरी तामाङ्ग समुदायमा प्रख्यात म्हेन्दोमाया गीत र नृत्य रहने छ। किनभने कार्यक्रकको पोष्टर हेर्दा म्हेन्दोमाया गीत संगीतका कलाकारहरुको वहुलियता देखिन्छ। म्हेन्दोमाया गीत संगीतको गायक-यागिका, रचनाकार, संगीतकार तथा अभिनेता-अभिनेत्रीहरुको सहभागीता रहेको छ। तामाङ्गहरु खासै दसैं नमनाए पनि लामो सरकारी विदा हुने हुँदा कामको शिकशिलामा आफ्नो आफ्न्तहरु भेट्न आफ्नो गाउँ ठाउँमा आउने भएको अवसर पारेर यो कार्यक्रम गरेको देखिन्छ। यो कार्यक्रमको अर्को उद्देश्य भनेको समुदायमा रहेको कला, संस्कृतिलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु पनि हो।
कार्यक्रम आयोजक समितिलाई सव्य र भव्य कार्यक्रमको लागि शुभकामना।
Photo Source: विश्व पासा तामाङ्गको फेसबुक प्रोफाइलबाट
No comments:
Post a Comment