के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

28 October 2018

एएफसी यू-१९ समूह बी महिला छनोट फुटवलमा नेपालको दोस्रो चरणको सम्भावना वलियो

कार्तिक ११, काठमाण्डौ


थाइलाण्डमा चलिरहेको एएफसी यू-१९ महिला छनोट फुटवल समूह बीको आजको खेलमा नेपालले पाकिस्तानलाई ९-० ले पराजीत गरेको छ। एक पक्षीय खेलमा नेपालको लागि पहिलो गोल खेलको दोस्रो मिनेटमै मञ्‍जली कुमारीले गरेकी थिईन। त्यसपछि धेरै अवसरहरु खेरा फलेका नेपालले दोस्रो गोलको लागि थप ३० मिनेट कुर्नु पर्‍यो। खेलको ३२ औं मिनेटमा नेपालको लागि दोस्रो गोल सम्झना लावतीले गरिन। त्यसपछि नेपाललको लागि अर्को गोल ३७ औं मिनेटमा एसिसा जिम्बाले गरिन। त्यसपछि दुवै टीमबाट कुनै गोल हुन सकेन र खेलको पहिलो हाफ सक्यो। दोस्रो हाफको तेस्रो मिनेटमै पूजा रानाले नेपालको लागि चौथौ गोल गरिन र उनले ६ मिनेटको अन्तरालमा अर्को गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाईन। त्यसपछि नेपालको लागि छैटौ गोल निशा थोकरले ५७ औं मिनेटमा गरिन। ७४ औं मिनेटमा नेपालले पेनाल्टी प्राप्‍त गर्‍यो। पेनाल्टीमा गोल गर्दै निशा थोकरले व्यक्तिगत दोस्रो गर्दै नेपाललाई ७-० को अग्रता दिलाईन। नेपालले फेरी ८४ औं मिनेटमा पेनाल्टी पायो। यो पल्‍ट पनि निशा थोकरले पेनाल्टी प्रहार गर्‍यो र नेपाललाई ८-० को अग्रता दिलाईन। दोस्रो पेनाल्टीको सफलतासंगै निशा थोकरले ह्याट्रिक गरिईन। खेलको अन्त्य तिर ८८ मिनेटमा नेपालको लागि नवौं गोल सरु लिम्बूले गरिन। एक तर्फी खेलमा पाकिस्तानले पनि केही मौका प्राप्‍त गरेको थियो तर जाली चुमाउन भने सकेन। समूह बीको तीनै खेलमा हारेको पाकिस्तानले ४५ गोल खायो। ४५ गोलमा भारत र थाइलाण्डको १८-१८ र नेपालको ९ रहेका छन्। दोस्रो चरण प्रवेशको लागि नेपालले थाइलाण्ड र भारतको खेलमा कुर्नु पर्ने हुन्छ। थाइलाण्डले जीत वा बराबारी खेलेमा पनि नेपालले दोस्रो चरणमा स्थान पाउने सम्भावना रहेको छ। सुखद नतिजाको लागि नेपाली यू-१९ महिला फुटवल टोलीलाई अग्रिम शुभकामना र उत्तरोत्तर प्रगतिको कामना। भारत विरुद्ध दुई गोल गरेकी रेखा पोडेलले भने डबल एल्लो कार्डका कारण यो खेल गुमाइन।
Cheli Awaits Result From Thailand,India Match

गोल गर्ने खेलाडीहरुको सुची

  1.    मञ्‍जली कुमारी २
  2.    सम्झना लावती ३२
  3.    एलिसा जिम्बा ३७
  4.       पूजा राना ४८ ५४
  5.       निशा थोकर ५७ ७४ ८४
  6.    सरु लिम्बू ८८

No comments: