के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

17 November 2018

लोक दोहोरीमा इतिहास रच्दै "उही खोलीको पानी, उही खोलीको माछा" ले एक करोड भ्युवर प्राप्‍त गर्‍यो।

मंसिर १, काठमाण्डौ

नेपालमा आधुनिक, पप र अर्को गीत संगीतले बजार तताइ रहेको वेलामा, नेपाली मौलिक गीत तथा लोक दोहोरी गीत "उही खोलीको पानी उही खोलीको माछा" लोक दोहोरी इतिहासमै एक करोड भ्युवर प्राप्‍त गरेर इतिहास रचेको छ। आज विहान सम्ममा १,००,०९,४३० चोटी हेरिएको छ।

ब्रदर्श क्रियशनको प्रा. लि. उत्पदान/वितरक रहेको यस गीतमा राजन गुरुङ्ग र देवी घर्तीको सुमधुर आवाज रहेको छ भने केवश पौडेलको शब्द रहेको छ। वसन्त थापाको लय रहेको यस गीतलाई आशिष अविरलले एरेञ्‍ज गर्नुभएको छ। एकता फिल्मस् प्रा. लि. को पोष्‍ट प्रोडक्शनमा बनेको यस गीतलाई बब्‍बु थापाले निर्देशन गरेको हो भने प्रविण भट्टको सम्पदान रहेको छ। यस गीतलाई करन चैसिरले छायांकन गरेको हो।

यस गीतमा स्वयम् गायक रानज गुुरुङ्ग, रश्‍मी तामाङ्ग, वसन्त थापा र करिष्‍मा ढकालको अभिनय रहेको छ। दुई वर्ष अगाडि यु ट्युवमा अपलोड गरेको यस भिडियोलाई १,००,०९,४३० चोटी हेरेका छन् भने ३५ हजारले लाईक गरेको छ।

लोक दोहोरी इतिहासमै एक करोड भ्युवर प्राप्त गर्न सफल गीत "उही खोलीको पानी" टीमालाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना। 

"जय गीत, जय संगीत"

 - डिम्डुङ्ग १६





No comments: