के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

03 August 2018

नेपाली क्रिकेट टोलीले इतिहास रच्‍यो।

साउन १८, काठमाण्डौ

नेपालले पहिलो अन्तर्राष्‍ट्रिय एक दिवसीय खेल नेदरलाण्डस् संग नेदरलाण्डको मैदानमा खेल्‍ने अवसर प्राप्‍त गर्‍यो। पहिलो खेल नेपालले ५५ रनले हारेको थियो। पहिलो खेलमा नेपाल नेदरलाण्डसले दिएको १९० रनको लक्ष्‍यलाई पछ्याउने क्रममा ४१.५ ओभरमा १३४ रनमा सिमित रहेपछि पहिलो खेल ५५ रनले नेदरलाण्डसलाई सुम्पिन बाध्य परेको थियो। ५५ रनले हारेको नेपालले दोस्रो खेलमा टस जितेर पहिलो ब्याटीङ्ग गर्‍यो र ४८.५ ओभरमा २१६ रनको लक्ष्‍य नेदरलाण्डस सामु प्रस्तुत गर्‍यो। नेपालको लागि सोमपल कामीले ६१ रनको योगदान दियो भने कप्तान पारस खडकाले ५१ रन बनाएको थियो। अन्य ब्याटम्यानहरुमा उप-कप्तान ज्ञानेन्द्र मल्‍लले १३ रन, विर्केट किप्‍पर सुवास खकुरेलले १९ रन बनायो। यसै गरि अनिल साहले ४ रन, दीपेन्द्र सिंह ऐरीले १९ रन, रोहित कुमार पौडेलले ६ रन, आरिफ शेखले १६ रन, वसन्त रेग्‍मीले १ रन, सन्दीप लामीछानेले ८ रन र नट अउट ललित भण्डरीले ४ रनको योगदान दिएको थियो।  उता नेदरलाण्डसको लागि फ्रेड क्लास्‍सेनले १० ओभरमा ३८ रन खर्चेर ३ विर्केट लिएका थिए।
Related image
२१७ रनको विजय लक्ष्य लिएर ब्याटिङ्गमा उत्रेको नेदरलाण्डसले अन्तिम बलसम्म कोसिस गर्दा पनि नेपालको पहिलो ऐतिहासिक एक दिवसीय खेल जित्‍नबाट रोक्‍न सकेन। नेदरलाण्डस १ रनले पराजित हुँदा नेपालले भने इतिहास रच्‍यो। खेलको फैसला अन्तिम ओभरमा थियो। नेपालको हातमा एक ओभर अर्थात् ६ बल थिए भने नेदरलाण्डसलाई पनि जित्‍न ६ नै रनको अवश्यक थियो। यस्‍तोमा नेपालका कप्तान पारस खडकाले अन्तिम ओभर आफैले खेल्‍ने निर्णय गर्‍यो र अन्तिम बलमा फ्रेड क्लास्‍सेनलाई रन अउट गरेर रोमाञ्‍चक तथा ऐतिहासिक जितको दर्ता गर्‍यो। नेपालले पहिलो एक दिवसीय खेलमा पहिलो जीत दिलाउन सन्दीप लामीछानेले ३, ललित भन्डरीले २, पारस खडका, सोमपल कामी, वसन्त रेग्‍मी अनि दीपेन्द्र सिंह ऐरीले क्रमश: एक-एक विर्केट लिएका थिए। उता नेदरलाण्डसको वेस्ली बर्रेसीले ७१ रनको योगदान दिएको थियो। तर उनको योगदान टीमलाई जीत हासिल गर्न पर्याप्‍त भने भएन। यस खेलको म्यान अफ दि म्यान नेपालका सोमपल कामी घोषित भए। नेपालको यो जितसंगै नेपालले पहिलो अन्तर्राष्‍ट्रिय एक दिवसीय खेलको नेदरलाण्डस् भ्रमण १-१ को बराबरीमा टुङ्ग्याएको छ। यो नतिजा नेपाली क्रिकेट प्रेमी र नेपाली क्रिकेट जगतको लागि नै ऐतिहासिक हो। यस्तै सफलताको शुभकामना दिदै नेपाली क्रिकेट टीमलाई फेरी एक चोटी हार्दिक बधाई र भविष्‍यमा पनि यस्तै प्रगतिको कामना गर्छु।
Related image


Related image 

No comments: