आषाढ २२, काठमाण्डौ
जारी विश्वकपमा आजबाट क्वाटरफाइनलका खेलहरु हुँदै छन्। आज सब भन्दा कठिन समूहको दुई खेल हुँदै छ। पहिले खेल उरुग्वे विरुद्ध फ्रान्स नेपाली समय अनुसार पाउने आठ अर्थात् सात पैतालिसमा (७:४५) हुँदै छ भने दोस्रो खेल पाउने बाह्र अर्थात् एघार पैतालिसमा (११:४५) हुँदै छ। यसपालिको विजेताको दावेदारको रुपमा रहेको फ्रान्सले आज उरुग्वेलाई रोक्ला त? त्यो आज राति थाहा हुन्छ।
दोस्रो खेल स्टार खेलाडी नेमारको देश ब्राजिल हजार्ड लुकलु जस्ता खेलाडी रहेका देश बेल्जिमसंग भिड्दै छ। फूटवल विश्लेशकहरुले ब्राजिल र बेल्जिमको खेललाई मिनि फाइनलको संज्ञा समेत दिइ सकेको छ। यो मिनि फाइनल कसले जित्ला त? आज राति थाहा हुनेछ।
यसै गरि वाँकी दुई क्वाटरफाइनलका खेलहरु भोलि हुँदै छन्। जसमा भिड्दै छन् आयोजक रूस, क्रोसिया, स्वेडेन र इंलाण्ड। यो समूहमा इंलाण्ड वाहेक अरु टीमले विश्वकप जितेका छैनन्। आयोजक रूस र क्रोसिया अप्रत्याशित नतिजा निकाल्दै यो चरणसम्म आइपुगेको हो।
आयोजक रुस र क्रोसियाले भोलि ७:४५ मा पहिलो खेल खेल्ने छ भने स्वेडेन र इंलाण्डले ११:४५ मा खेल्ने छ।
सम्पूर्ण क्वाटरफाइनालिष्ट टीमलाई सफलताको शुभकामना।
No comments:
Post a Comment