के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

09 October 2018

मैवल गाउँमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम २०७५ हुँदै

असोज २३, काठमाण्डौ

हिन्दुहरुको महान चाड दसैंको अवसर परेर म्यागङ्ग गाउँपालिका वडा नं: ६ मैवलमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम २०७५ हुने भएको छ। वौद्ध मार्गी तामाङ्गहरुको गाउँ भएको कारण यहाँ दसैं खासै मनाउदैन, तर पनि दसैको अवसरमा लामो सरकारी विदा हुने कारणले रोजगारीको लागि टाढा-टाढा गएको सदस्यहरु नि आउने र परिवारहरुसंग भेटघाट हुने मौकामा आफ्नो कला, संस्कृति र परम्परा जोगाउन तथा पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो भाषा, भेषा, कला, धर्म, रितिरिवाज  र परम्परालाई हस्तान्तरण गर्ने उदेश्‍यले कार्यक्रम गर्न लागेको आयोजकको भनाइ रहेको छ। वर्षमा एक चोटी गर्ने कार्यक्रम भए नि कुनै चिनेको कलाकारहरुको भने उपस्थिति हुने छैन। गाउँकै स्थानिय कलाकारले आफ्नो प्रस्तुति दिने यस कार्यक्रममा मैवल गाउँका छिमेकी गाउँहरुको प्रतिनिधि कलाकारहरुको पनि प्रस्तुति रहने कुरा आयोजन समितिका विनय तामाङ्गले पङ्तिकारलाई जानकारी दिएको छ।



यस कार्यक्रममा पश्‍चिमी तामाङ्ग समाजमा चर्चित म्हेन्दोमाया गीत र नाच मुख्‍य आकार्षण हुने छ। यसका अतिरिक्त म्हाने दोरा, तामाङ्ग सेलो, नेपाली गीत र नाच अनि समसामाजिक नाटकहरु देखाइने भएको छ। कार्तक्रमको तयारीको लागि उप-समितिहरु गठन गरि कार्य विभाजन गरेको कुरा नि आयोजकले जनाएको छ। यदि तपाइँ पनि मैवल आसपासको हुनुहुन्छ र म्हेन्दोमाया र दोरा गीतमा रमाउन र नाच्‍न चाहनु हुन्छ भने अवस्या मैवलमा फिर्नु होला।

कार्यक्रमको मिति र स्थान:
मिति: कार्तिक ०१, २०७५ विहीबार
समय: विहान ११ वजे
स्थान: श्री वैजन्ती शिक्षा निकेतन माध्यामिक विद्यालय, मैवल

Promotional video:

                                                                                                                    - डिम्डुङ्ग १६


केही वर्ष पहिलेका कार्यक्रमको भिडियो:

No comments: