के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

30 June 2018

२०१८ को विश्‍वकपबाट लियानोल मेस्सीको देश अर्जेन्टीना वहिरियो।

आषाढ १६, काठमाण्डौ

चर्चित खेल फूटवलको अहिले रसियामा विश्‍वकप चलिरहेको छ। लिग चरण सकेर आजबाट अन्तिम १६ को खेल सुरु भएको छ। अन्तिम १६ को पहिलो खेल फ्रान्स र अर्जेन्टिना बीच भयो र खेल फ्रान्सले जीतेको छ। चर्चित खेलाडी लियानोल मेस्सीको देश अर्जेन्टिना भने अन्तिम १६ बाटै घर फर्कने पहिलो टीम बनेको छ। खेलको १३ औँ मिनेटमा फ्रान्सले पेनाल्टी पायो र उसका खेलाडी ग्रीजम्यानले पेनाल्टी मार्फत फ्रान्सलाई अग्रता दिलायो। तर पहिलो हाफको अन्त्य तिर डि मरियाले आकर्षक गोल गर्दै खेललाई बराबरीमा पुर्‍यो। पहिलो आफ बराबरीमा सकियो।  
दोस्रो हाफको तेस्रो मिनेटमै अर्जेन्टीनाको मर्कडोले अर्जेन्टिनालाई अग्रता दिलायो। तर दोस्रो आफको ५७ औँ मिनेटमा फ्रान्सका पवर्डले गोल गर्दै खेललाई बराबरीमा धकेल्यो। त्यसपछि फ्रान्सका एम्बाप्‍पे ले गोल गर्दै अग्रता दिलायो। पहिलो गोल गरेको ४ मिनेट नवित्दै एम्बाप्‍पे व्यक्तिगत देस्रो गोल गर्दै खेल २-४ को स्तिथिमा पुर्‍यो। २-४ अन्तरले फ्रान्सले खेल जित्‍ने पक्कपक्की भएको वेला खेलको इन्जरी टाइममा अगुइरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउने कोसिस गर्‍यो तर त्यसपछिको वाँकी समय गोल गर्न नसकेपछि अर्जेन्टिना अन्तिम १६ बाटै घर फर्कन वाध्य भयो। क्‍वाटरफाइनलमा पुग्‍न सफल फ्रान्सलाई बधाई छ।

खेलका केही फोटोहरु













Pictures source: https://www.google.com/search?source=hp&ei=DJE3W52mH9em9QPsmrKICw&q=world+cup+fixtures&oq=wo&gs_l=psy-ab.3.0.35i39k1l2j0i131k1l2j0j0i131k1l2j0j0i131k1l2.181.670.0.3469.3.2.0.0.0.0.1375.1375.7-1.1.0..1..0...1.1.64.psy-ab..2.1.1374.0...0.KKdCLXCq198#sie=m;/g/11f2wg7b3h;2;/m/030q7;dt;fp;1

No comments: