म्यागङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रथम म्यागङ शिक्षक कर्मचारी तथा पालिका कर्मचारी भलिवल प्रतियोगिता २०८० को उपाधि म्यागङ गाउँपालिका-३, थोयर स्थित श्री देउराली माध्यमिक विद्यालयले हात पारेको छ। पौष २९ गते आईतबार देखि सुरु भएको उक्त प्रतियोगितामा पालिकाको १ टीम, ६ ओटा वडाहरुको संयुक्त १ टीम, दुई प्रा.वि., ७ मा.वि. र १ संस्थागत विद्यालयको सहभागीता रहेका थिए। तीन/तीन टीमको चार समूहमा विभाजन गरी खेलाको उक्त प्रतियोगितामा म्यागङ गाउँपालिकाको कर्मचारीहरुको १ टीम, ६ ओटा वडाहरुको कर्मचारीहरुको १ टिम, र १० विद्यालयहरु सीता मा.वि., चन्द्रदेवी आ.वि., सानुकिम्ताङ मा.वि., सरस्वती मा.वि., भूमेदेवी मा.वि., देउराली मा.वि., बैजयन्ती शिक्षा निकेतन आ.वि., विन्दु केशर मा.वि., जाल्पा देवी इङ्लिस बोर्डिङ स्कुल र ग्रामसेवा विद्याश्रम मा.वि. रहेका थिए।
प्रत्येक समूहबाट विजेता र उपविजेता रहेका टीमहरु क्वाटरफाइनलमा पुगेको थियो। क्वाटरफाइनलमा आ-आफ्नो प्रतिद्वन्दी टीमहरुलाई पराजित गर्दै देउराली मा.वि., गाउँपालिका टीम, वडा टीम, र भूमेदेवी मा.वि. ले सेमी फाइनलमा आ-आफ्नो स्थान बनाएका थिए।
सेमी फाइनलमा वडा कार्यालय टीमलाई पाखा लगाउदै देउराली मा.वि. ले फाइनलमा आफ्नो नाम लेखायो भने अर्को म्याचमा भूमेदेवीलाई पराजित गर्दै गाउँपालिका कार्यालय टीमले देउरालीसंगको भटे तय: गर्यो। लिगका केही म्याच, क्वाटरफाइनल र सेमी फाइनल खेलहरु सकिदा शनिदेवले विश्रम मारिसकेको थियो त्यसार्थ २ दिनको प्रतियोगिता तेस्रो दिनसम्म लम्वियो।
तेस्रो दिनमा तेस्रो स्थानको लागि भएको खेलमा वडा कार्यालय टीमलाई पाखा लगाउँदै भूमेदेवी मा.वि. ले तृतीय स्थानमा आफ्नो नाम दर्ता गर्यो। यससँगै फाइनल खेलमा गाउँपालिका कार्यालय टीमलाई पराजित गर्दै देउराली मा.वि. ले उपाधिमा आफ्नो नाम लेखायो।
प्रथम, द्वितीय र तृतीय हुने टीमहरुले क्रमश: नगद रु.३०,०००, रु.२०,०००, रु.१०,०००, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्यो। समापन समरोहमा पालिका उप-प्रमुख सीता तामाङ तथा अन्य जनप्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो। उद्घाटन समरोहमा भने पालिका प्रमुख, उप-प्रमुख अन्य जनप्रतिनिधिहरु, पालिकाका कर्मचारीहरु, निवर्तमान शिक्षा अधिकृत तथा हालका लिखु गाउँपालिकाका शिक्षा अधिकृत शेर सिंह रावत र म्यागङ शिक्षा, युवा तथा खेलकुद शाखाको प्रा.स. सन्तु माया तामाङको पनि उपस्थिति रहेको थियो। उद्घाटन तथा समापन कार्यक्रमलाई देउराली मा.वि. की सहायक प्रधानाध्यापक चन्द्र कुमारी तामाङले सञ्चालन गर्नु भएको थियो।
फोटो स्रोत: श्री देउराली मा.वि. म्यागङ-३,थोयर,नुवाकोट
No comments:
Post a Comment