के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

30 December 2023

दोस्रो संस्करणको नेपाल सुपर लिग ललितपुर सिटी एफसीलाई

 दोस्रो संस्करणको नेपाल सुपर लिगमा आज भएको फाइनल खेलमा ललितपुर सिटी एफसीले धनगडीलाई ३-२ गोलले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएको छ। युगल किशोर राईको धनगडीले दोस्रो पटक उपाधि नजिक पुगेर पनि खाली हात घर फर्कनु पर्यो। विजेता सिटीका मार्की खेलाडी अनन्त तामाङको यस लिग पहिलो हो र पहिलो प्रयासमै उनको कप्तानीमा रहेको सिटीले उपाधि हात पार्न सफल रहयो।



फाइनल खेलमा अग्राता भने धनगडीले लिएको थियो। उसको लागि ओलवले अफिस ओलाडिपोले ३८ औँ मिनेटमा गोल गरेको थियो। पहिलो हाफको इन्जरी समयमा सिटीको लागि फ्रि किकबाट इमोह एजेकिएलले गोल गर्दै खेललाई बराबरीमा पुर्याको थियो। खेलको ५० औँ मिनेटमा आदित्य शाक्यको पासमा दिनेश हेन्जनले गोल गर्दै ललितपुर सिटीलाई अग्राता दिएको थियो।  खेलको ५६ औँ मिनेटमा सिटीको लागि आफ्नो दोस्रो गोल गर्दै इमोहले सिटीलाई झन उपाधिको नजिक पुरायो। तर खेलको इन्जरी समयको अन्तिम मिनेटमा अहमोद हिजाजीले १ गोल फर्कायो तर त्यो टिमको लागि सान्त्वना गोल मात्र भो टिमलाई उपाधि दिलाउन सकेन।


दुई गोलले पछाडि परेको धनगडीले खेलको ७९ औँ मिनेटमा आफ्नो डिफेन्डर रिचार्ड अगेमनलाई दोहोरो पहेंलो कार्ड खाएर गुमाए पछि झन दबावमा परेको थियो र अन्तत: ललितपुर सिटीले ३-२ गोलको अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाम लेखायो। सिटीको गोल किप्पर जेफेरी वलटसले ५ क्लिन शिट रख्न सक्यो र सिटीकै इमोह एजेकिएल हाई स्कोरर बने।


समरण रहोस् ललितपुर सिटीको कप्तान अनन्त तामाङको सन् २०२३ को यो दोस्रो ठूलो उपाधि पनि हो यस अघि अनन्तकै कप्तानीमा रहेको चर्च बोइज युनाइटेडले जितेको थियो। बधाई छ ललितपुर सिटी एफसीलाई र कप्तान अनन्त तामाङ र कोच इयान गिल्लनलाई। आयो लाखे!


फ्यान अफ द म्याच: रोचित सुनार

खेलको म्यान अफ द म्याच: आदित्य शाक्य

फेयर प्ले हवार्ड: विरगन्ज युनाइटेड एफसी

इमर्जिङ प्लेयर: रोहन कार्की

गोल्डेन ग्लोब: जेफेरी वलटल

गोल्डेन बुट: इमोह एजेकिएल

गोल्डेन वल: अनन्त तामाङ















No comments: