के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

31 October 2023

ICC Men's T20 विश्व कप छनोटमा नेपालको दोस्रो जीत

  कार्तिक १४, २०८०

टी.यू. मैदानमा जारी समूह ए को आजको दोस्रो दिनको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेर आफ्नो विश्व कप यात्रालाई मजबुद बनाएको छ।  टस जितेर ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर १६५ रन बनायो। जवाफमा १६६ रनको विजय लक्ष्यको साथ ब्याटिङमा उत्रेको नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटायो। यस क्रममा कुशल भुर्तेलले ४३, आसिफ शैखले ३२, कुशल मल्लले ६५, रोहित पौडेलले २, सन्दीप जोराले १८ र विवेक यादवले २ रन जोडेको थियो। मलेसियाको लागि मुहम्मद अमिरले ३ र पवनदीप सिंहले १ विकेट लियो।


यस पहिले मलेसियालेको लागि स्येद अजिजले ६८, जिबैदि जुल्किफ्लेले २४, अहम्द फैजले ३, विरनदीप सिंहले ४, शर्विन मुनियन्डीले १३, मुहम्मद अमिरले ८, आईनूल हफिज्सले ३, विजय उन्‍निले १३, स्याज्‍रुल ईड्रुसले ७ र फित्रि शामले ६ रन बनाएको थियो। बलिङ तर्फ अविनाश वोहराले ४, सन्दीप लामीछाने, गुलशान झा र रोहिल पौडेलले  १/१ विकेट लिएको थियो। यस खेलको प्लेयर अफ द म्याच नेपालको कुशल मल्ल भयो।


समूह एको आजको पहिलो खेलमा ओमनले सिंगपुरलाई २२ रनले जित्‍यो। उता मुलपानी भएको पहिलो खेलमा हङकङ बहराइनसँग २० ले पराजित भयो भने दोस्रो खेलमा यूएईले कुवेतलाई ५ विकेटले निराश पार्‍यो। दुबै समूहको अर्को खेलहरु भने नोवेम्बर २ मा हुनेछन्।


No comments: