के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

30 October 2023

आईसीसी पुरुष टी-२० विश्व कप एशिया क्वालिफायर फाइनलमा नेपालको विजयी सुरुवात

  कार्तिक १३, २०८०

आजबाट सुरु भएको आईसीसी पुरुष टी-२० विश्व कप एशिया क्वालिफायर फाइनलमा नेपालले समूह ए मा विजयी सुरुवात गरेको छ। टी.यू. क्रिकेट मैदानमा भएको खेलमा टस हारेर फिल्डिङमा उत्रेको नेपालले सिंगपुरलाई १४५ रन बनाउन दियो। यस क्रममा अविनाश बोहराले ३, करण के.सी., सन्दीप लामीछाने र गुलशान झाले क्रमश: २/२ विकेट लिए।  नेपालको लागि ब्याटिङ तर्फ कुशल भुर्तेलले ७४, आसिफ शैखले २७, रोहित कुमार पौडेलले ३५ र कुशल  मल्लले ६ रन बनाएको थियो। नेपालले सिंगपुरको १४६ रनको लक्ष्य २ विकेटको क्षतिमा १६.३ ओभरमा प्राप्त गर्‍यो र एशिया फाइनलमा जित सुरुवात गर्‍यो।  अब नेपालले आफ्‍नो समूहको दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग खेल्‍नेछ र अन्तिम खेल कार्तिक १६ गते ओमनसँग खेल्ने तालिका रहेको छ।



यसै समूहको दोस्रो खेलमा ओमनले मलेसियालाई ३२ रनले पराजित गर्‍यो। समूह बीको पहिलो खेलमा यूएईले बहराइनलाई ३२ रनले पराजित गर्दा दोस्रो खेलमा हङकङले कुवेतलाई १६ रनले पराजित गरेको थियो।

No comments: