के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

08 October 2022

न्यू टुँडी युवा क्लवले आयोजना गरेको फुटवल प्रतियोगीताको उपाधि मैवल युवा क्लावलाई

असोज २२, मैवल, म्यागङ, नुवाकोट

आज सम्पन्‍न फाइनल खेलमा मैवल युवा क्लवले कन्यास्थान युवा कल्वलाई ५-१ गोलको अन्तरले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएको छ। आज मैवल युवा क्लवको छप्पङ खेल मैदानमा भएको फाइनल खेलमा सुरुवाती अग्रता भने कन्यास्थानले उपहार स्वरुप पाएको थियो। मैवलका सु्क्रिम (सुकुराम) तामाङ्गले गरेको हेडरले आफ्नै पोष्‍टको जाली चुमे पछि कन्यास्थानले अग्रता लिएको थियो। तर पहिलो हाफ भने बराबरीमा सकेको थियो। मैवलको लागि चत्तुरमान तामाङ्गले बराबरी गोल गरेको थियो। 


हिलो हाफ बराबरीमा सकेको खेलमा दोस्रो हाफमा भने मैवलले गोलको वर्षा गर्दै ४ गोल थप्यो। जसमा चत्तुमान तामाङ्गले १, सुक्रिम तामाङ्गले २ र शरणले १ गोल गरेको थियो। समग्रमा खेल मैवलले ५-१ गोलले जितेको थियो। 

असोज १४ गते वाट सुरु भएको यस प्रतियोगीतालाई न्यू टुँडी युवा क्लवले आयोजना गरेको हो। विजेता मैवलले सेमी-फाइनलमा सामरी युवा क्लवलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने उप-विजेता कन्यास्थान युवा क्लवले चौतारा युवा क्लवलाई पराजित गर्दै मैवलसँगको फाइनल भेट सुनिश्‍चित गरेको थियो। यस प्रतियोगीतामा जम्मा १६ टीमको सहभागीता रहेको थियो।

मैवल युवा क्लवले नगद रु.३०,००० सहित मेडल र प्रमाण-पत्र प्राप्‍त गर्‍यो भने उप-विजेता कन्यास्थान युवा क्लवले नगद रु.१५,००० सहित मेडल र प्रमाण-पत्र प्राप्‍त गर्‍यो। स्मरण रहोस् उप-विजेता कन्यास्थान युवा क्लवको आयोजनामा म्यागङ क्षेत्रकै सर्वाधिक राशीको भँगेरी कप २०७९, असोज २९ गतेबाट सुरु हुँदैछ।


यस प्रतियोगीताको अन्य पुरस्कारहरु

(१) उत्कृष्‍ठ खेलाडी: चत्तुरमान तामाङ्ग (मैवल युवा क्लव)

(२) उच्च गोलकर्ता: सुक्रिम तामाङ्ग (मैवल युवा क्लव)[५ गोल]

(३) उत्कृष्‍ठ गोल किप्‍पर: सुशिल तामाङ्ग (मैवल युवा क्लव)

फोटो स्रोत: Bir Bahadur Tamang

No comments: