असोज १२, म्यागङ, नुवाकोट
विगत १० वर्ष देखि आयोजना हुँदै आइरहेको "भँगेरी कप फुटवल प्रतियोगीता" को यस वर्षको संस्करण यही आउँदो असोज २९ गतेवाट सुरु हुने भएको छ। नुवाकोट जिल्लाको १२ स्थानीय तहहरु मध्येको म्यागङ गाउँपालिकाको वडा नम्बर ६ मा रहेको कन्यास्थान युवा क्लवले आयोजना गर्ने यस प्रतियोगीताको पुरस्कार यस क्षेत्रकै सर्वाधिक धनराशी रहेको प्रतियोगीता हो। कोरोना महामारीको कारण २०७७ सालमा भने यो प्रतियोगीताले निरन्तरता पाएको थिएन।
"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" नारा रहेको यस प्रतियोगीताले हरेक वर्ष पुरस्कार राशीमा पनि वृद्धि गर्दै आएको छ। गत वर्ष प्रथम पुरस्कार नगद रु.१,१०,००० र द्वितीय पुरस्कार रु.५०,००० अनि ट्रफी र प्रमाण-पत्र रहेकोमा यस वर्ष प्रथम पुरस्कार नगद रु.१,११,१११ र द्वितीय पुरस्कार रु.५५,५५५, ट्रफी र प्रमाण-पत्र रहेकोछ। यसका साथै प्रत्येक खेलको म्यान अफ दि म्याच (Man of the Match) लाई एक थान जर्सी प्रदान गरिने भएकोछ। प्रतियोगीतामा व्यक्तिगत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट कोच, उत्कृष्ट मेनेजरलाई पनि पुरस्कार रहनेछ।
कन्यास्थान युवा क्लवको खेल मैदान भँगेरी डाँडामा हुने प्रतियोगीताको टीम दर्ता यही असोज २० गते देखि २८ गते सम्म रहेकोछ। टीम दर्ता शुल्क रु.१०,५५५ रहेको यस प्रतियोगीताको लागि एक टीममा ४ अतिरिक्त सहित १३ जना खेलाडीहरु रहनेछन्।
भव्य, सव्य र सफल प्रतियोगीताको लागि आयोजक कन्यास्थान युवा क्लबलाई शुभकामना!
No comments:
Post a Comment