सामरी, नुवाकोट
चैत २९, आइतवार, २०७७
विगत तीन वर्ष देखि हुँदै आएको राष्ट्रपति रनिङ्ग शिल्डको यस वर्षको संस्करण श्री भुमेदेवी मा.वि. ले जितेको छ। तेस्रो संस्करणको खेल आयोजकको भुमिकामा रहेको भुमेदेवीले साविकको विजेता विन्दु केशर मा.वि. लाई पछि पर्दै उपाधि आफ्नो पोल्टोमा परेका हुन्। घरेलु मैदानको भरपुर फाइदा उठाइ भुमेदेवीले एक पछि अर्को खेलमा आफ्नो प्रभुत्व जमाएका थिए।
विगतको संस्करणमा भन्दा यस संस्करणमा खेलको संख्या थपेको भएर यस पालि सम्पूर्ण खेल चैत २८ गते नसकेर २९ गते पनि गरेको थियो। दौड तर्फ रिले र भलिवलको केही खेलहरु २९ गते सकाएर रनिङ्ग शिल्ड समापन गरेको थियो।
खेलको उद्घाटन तथा समापन म्यागङ गाउँपालिकाको प्रमुख आशा तामाङ्गले गरेका थिए। उक्त उ्द्घाटन तथा समापन समारोहमा अन्य अतिथीहरुको पनि बाक्लो उपस्थिति रहेका थिए।
"स्वस्थको लागि खेलकुद, राष्ट्रको लागि" भन्ने नारा रहेको तेस्रो म्यागङ राष्ट्रपति रनिङ्ग शिल्डमा म्यागङ गाउँपालिका धेरै जस्तो विद्यालयहरुको सहभागीता थिए।
No comments:
Post a Comment