के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

23 February 2020

नेपाल शिक्षक संघ म्यागङको दोस्रो स्थानीया प्रतिनिधि सभा २०७६ सम्पन्‍न

फाल्गुन ११, सामरी

नेपाल शिक्षक संघको म्यागङ गा.पा. स्तरीय दोस्रो स्थानीय प्रतिनिधि सभा २०७६ गा.पा. को सभा हलमा शुक्रबार सव्य तथा भव्य रुपमा सम्पन्‍न भएको छ। सभामा म्यागङ गा.पा.को २२ ओटा विद्यालयका नेपाल शिक्षक संघसँग सम्बद्ध शिक्षक तथा शिक्षिकाहरुको उस्थिति रहेको थियो। कार्यक्रममा नव प्रवेश शिक्षक तथा शिक्षिकाहरुलाई गा.पा. अध्यक्ष तथा उप-अध्यक्षले अविर तथा खादा लगाएर ने.शि.सं.मा स्वागत गरेको थियो।

कार्यक्रमको मन्तव्यमा आफ्नो तर्क राख्‍नु हुँदै गा.पा. उप-अध्यक्षले शिक्षक भनेको मास्टर, मास्टर प्लानर, मास्टर माइड र मास्टर कि भएका कारण देश विकास तथा समाज विकासमा विशेष भूमिका रहेको वनाउनु भयो। यसै गरि गा.पा. अध्यक्षले नव प्रवेश शिक्षकहरु स्वागत गर्दै आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्न अग्राह गर्नुभयो। गा.पा. अध्यक्षले शिक्षक प्रतिनिधिहरुले राखेको प्रश्‍नहरुको हल खोज्‍ने वताउनु भयो। विभिन्‍न तहको र विभिन्‍न प्रकारको शिक्षक शिक्षिकाहरुको तलवमा तालमेलवारे पनि गा.पा. जनाकार रहेको उहाँले थप्‍नु भो। वाल विकासका शिक्षिकाहरुको समस्या तथा तलवबारे पनि छलफल र हल खोजिरहेको कुरा पनि उहाँले छुटाउनु भएन।

सभामा केही विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको समय अ‍वाधि सकि सक्दा पनि नयाँ समिति गठन गर्न नसकेको समस्या पनि उठेको थियो। राहत र निजी स्रोतको शिक्षक शिक्षिकाको तलव बारे पनि तर्क वितर्क चलेको थियो। कार्यक्रममा म्यागङ गा.पा. को नेपाल शिक्षक संघको अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।


सभाका केही झलक तस्वीरमाः














































No comments: