के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

27 January 2020

म्यागङ गाउँपालिका स्तरीय निबन्ध, नृत्य र सस्वरवरण सम्पन्‍न


माघ १३, सामरी
म्यागङ गाउँपालिकाको विद्यालय स्तरीय निबन्ध, नृत्य र सस्वरवचन प्रतियोगीता म्यागङ – ०६, मैवलको वैजयन्ती शिक्षा निकेतन आधारभूत विद्यालयमा सम्पन्‍न भएको छ। प्रतियोगीतामा म्यागङ गाउँपालिका भित्र रहेको विद्यालयहरुको सहभागीता रहेका थिए। वैजयन्ती शिक्षा निकेतन आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर तामाङ्गको सभापतित्वमा सम्पन्‍न कार्यक्रममा गाउँपालिका प्रमुख आशा कुमार तामाङ्गको मुख्य अतिथ्य रहेको थियो। अन्य अतिथिहरुमा म्यागङ गाउँपालिका वडा नं. ६ का अध्यक्ष आत्तमसिं तामाङ्ग, म्यागङ युवा क्लबका अध्यक्ष विजय गुरुङ्ग, स्रोत व्यक्ति कान्छा श्रेष्‍ठ, विभिन्‍न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकशिक्षिका, समाजसेवी, शिक्षाप्रेमी, गाउँका वुद्धिजीवि, अभिभावक र विद्यार्थीहरुको राम्रै उपस्थिति रहेका थिए।
नौ विद्यालयहरुको सहभागिता रहेको नृत्य प्रतियोगीतामा सानो किम्ताङ मा.वि. का राजमिला गुरुङ्ग र प्रेमिका सुनारको जोडीले प्रथम, विन्दुकेशर मा.वि. का विपना तामाङ्ग र सगुन तामाङ्गको जोडीले द्वितीय र ग्रामसेवा विद्याश्रम मा.वि. का सुप्रिया तामाङ्ग र स्मृति तामाङ्गको जोडीले तृतीय स्थान हासिल गरेको थियो। विजेताहरुले क्रमश: नगद रु.१०००/-, रु.७००/- र रु.५००/- सहित प्रमाण-पत्र प्राप्‍त गरेका थिए। नृत्य प्रतियोगीतामा कक्षा ६ देखि ८ सम्मका छात्र-छात्राहरु सहभागीता रहेको थियो।
कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु बीच भएको निबन्ध प्रतियोगीतामा विन्दुकेशर मा.वि. की सपना सापकोटाले प्रथम, सरस्वती मा.वि. की प्रतिक्षा तामाङ्गले द्वितीय र ग्राम सेवा विद्याश्रम मा.वि. की सञ्‍जू तामाङ्गले तृतीय स्थान हासिल गरेकी थिइन। विजेताहरुले क्रमश: नगद रु.१०००/-, रु.७००/- र रु.५००/- सहित प्रमाण-पत्र प्राप्‍त गरेका थिए। यस प्रतियोगीतामा नौ विद्यालयको सहभागीता रहेको थियो।
कक्षा दुईका छात्र-छात्रा बीच भएको नेपाली तथा अंग्रेजी सस्वरवचन प्रतियोगीतामा विन्दुकेशर मा.वि. की युनिशा तामाङ्ग प्रथम, ग्राम सेवा विद्याश्रम मा. वि. को कबिर वि.क. द्वितीय र बैजयन्ती शिक्षा निकेतन आधारभूत विद्यालयकी खुशी तामाङ्गले तृतीय स्थान हासिल गरेकी थिइन। विजेताहरुले क्रमश: नगद रु.१०००/-, रु.७००/- र रु.५००/- सहित प्रमाण-पत्र प्राप्‍त गरेका थियो। यस प्रतियोगीतामा ८ विद्यालयको सहभागीता रहेको थियो।
कार्यक्रमको सभापति तथा श्री बैजयन्ती शिक्षा निकेतन आधारभूत विद्यालयको वि.व्य.स. को अध्यक्ष हरि बहादुर तामाङ्गले समापन मन्तव्यमा बोल्दै यस किसिमको कार्यक्रमले विद्यार्थीहरुमा रहेका प्रतिभालाई समाज सामु प्रस्तुत गर्ने अवसर प्राप्‍त गरेको र बेला बखत यस्ता कार्यक्रमहरु आयोजना भइरहनु पर्नेमा जोड दिएको थियो। कार्यक्रमलाई बैजयन्ती शि.नि.आ.वि. की शिक्षिका आईतीमाया तामाङ्गले सञ्‍चालन गरेकी थिइन।































No comments: