जेष्ठ ४, म्यागङ्ग नुवाकोट
वौद्ध धर्मलम्वीहरुको जन्मपछि मृत्यूसम्मको हरेक संस्कारहरु प्राय: गुम्बामा हुन्छन्। त्यसकारण हरेक वस्दी-वस्दी र गाउँ-गाउँमा एउटा न एउटा वौद्ध गुम्बा हुन्छन् नै। र वौद्ध गुम्बाहरुलाई आस्थाको केन्द्रको रुपमा पनि लिइन्छ।
वि. सं. २०७२ सालको भुकम्प सम्झिदा अहिले पनि जो कोहीको नि सास बढ्छ। यस भुकम्पमा हजारौँ मानिस, लाखौँ घर, हजारौँ विद्यालय, पाटी-पौवा, धार्मिक केन्द्र र संस्थानहरुमा क्षति पुगेका थिए। घर र विद्यालयहरु पुन: निर्माणको लागि राहत र सहयोग मिल्यो र यो प्रक्रिया अहिले अन्तिम चरणमा छ। यसै गरी धार्मिक संस्थान, मन्दिर, गुम्बा र चर्जहरु पुन: निर्माणमा पनि राहतको घोषणा भो र कार्यन्वायनको पहिले चरणको काम पनि थालिएको थियो। पहिलो चरणको काम थालनीको रुपमा पहिलो किस्तास्वरुप रकम पनि निकासा भएको थियो। योजना र निर्देशनकै अनुसार पहिलो किस्ताबाट गर्नु पर्ने काम पनि सक्यो। तब दोस्रो किस्ताको कुरा हुन थाल्यो। तब समस्या आयो। जुन समस्याले अहिलेसम्म कुनै निकासा पाको छैन।
उता पहिलो किस्ता लिएर गुम्वा पुन: निर्माणमा जुटेका वौद्ध धर्मलम्वीहरु दोस्रो किस्ताको पर्खाईमा बसेको पनि वषौँ भो। तर अहिले सम्म घोषणा भाको रकम पाउने नपाउने कुनै अत्तोपत्तो छैन। सरोकारवालाको यस्तो व्यवहारबाट हेरान भैसकेपछि अहिले स्थानिय सहयोग र स्रोतमै गुम्बा निर्माणमा लाग्नुको कुनै विकल्प नदेखेपछि म्यागङ्ग गाउँपालिका वडा नं: ६ मैवल गाउँमा आफ्नै स्रोत साधनमा गुम्बा निर्माणको कार्य थालनी भएको छ। पहिले गुम्बा हुँदा हरेक संस्कारहरु गुम्बामा सहजरुपमा हुन्थियो तर गुम्बा भत्केपछि त्यो कार्यहरु कतिले आफ्नै घरमा त कतिले अस्थायी रुपमा बनाएको गुम्बामा नै गरि आएका थिए।
गुम्बा निर्माण थाले पनि यो पहिलेको अस्थायी भन्दा पकी हुने तर स्थायी नहुने कुरा गुम्बा निर्माणमा जुटेका निर्माणकर्मी र गाउँलेहरुले बताए। गुम्बा नभइ नहुने तर रकम अभावको कारण यस्तो कदम चल्नु परेको बिडम्वन निर्माणकर्मी र स्थानिय गाउँलेहरुका छन्।गाउँलेहरुले सहयोगी हातहरु र मनहरुलाई सहयोगको लागि अव्हान पनि गरेका छन्।
फोेटो स्रोत: Adhuro Maya
No comments:
Post a Comment