के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

23 October 2018

मैवल गाउँमा दसैं विशेष कार्यक्रम सफलताको साथ सम्पन्‍न

हिन्दुहरुको महान चाड वडा दसैं र दीपावलीलाई मध्यनगर गरेर म्यागङ्ग गाँउपालिका-६ मैवलमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम  यही कार्तिक १ गते विहीबार सफलताको साथ सम्पन्‍न भएको छ। कुनै राष्‍ट्रिय चर्चित कलाकार नभए पनि स्थानिया कलाकारले आफ्नो प्रतिभा देखाएर उपस्थिति दर्शकलाई मनोरञ्‍जन प्रदान गरेको उक्त कार्यक्रममा म्हेन्दोमाया गीत संगीतमा लागेका गाउँकै मोडल रिकास लामा र नव-गायक सनित दोर्जेले आफ्नो प्रस्तुति दिएका थिए। मोडल रिकास लामाले म्हेन्दोमाया तथा नेपाली गीतमा नृत्य गरेको थिए भने सनित दोर्जेले आफ्नो दुई गीत "सामरी नाम्साई छामे" र "सामरी गङ्गकी लावाचे" गाएका थिए। 

वडा सदस्य हरी कुमार थोकरको सभापतित्व तथा गाउँपालिका प्रमुख आशा कुमार तामाङ्गको प्रमुख अतिथ्यमा सम्पन्‍न कार्यक्रममा समाजसेवी, शिक्षाप्रेमी, खेलप्रेमी, राजनितिज्ञ र वुद्धीजिवीहरुको पनि बाक्लो उपस्थिती थियो। दिउसो २ बजे सुरु भएको उक्त कार्यक्रम राति १० बाजे सम्‍म चलेको थियो। कार्यक्रममा गीत संगीतका अतिरिक्त कमेडी र मैवल गाउँमै पहिलो पल्ट ताईवाण्डो डेमो पनि देखाएको थियो। उक्त कार्यक्रम ग्रीन फरेष्‍ट क्लाव र मैवल समाजले आयोजना गरेको थियो। सुरेश र सुस्मिताले कार्यक्रमलाई सञ्‍चालन गरेका थिए।

रिकास लामा र सनित दोर्जेको प्रस्तुती:


कार्यक्रमको पूर्ण भिडियो:

केही भिडियोहरु







ताइवाण्दो डेमो


कार्यक्रमका केही तस्वीरहरु:























No comments: