पौष ०९, नुवाकोट
नेपालकै इतिहासमा सबै भन्दा
थिचिएका, मिचिएका, दपिएका र पिछडिएका अनि शोषित वर्गमा तामाङ्ग समुदाय पर्छ।
भनिन्छ, तामाङ्गहरु यो देशका भूमिपुत्र भनेर तर इतिहासको कालखण्डमा हेर्ने हो भने
यी जाति चरम शोषित र राष्ट्रबाट पिडीत देखिन्छ। काठमाण्डौं उपत्यकाको इतिहासलाई
हेर्ने हो भने यो ठाउँलाई तामाङ्गहरुले आफ्नो आदि थालोका रुपमा लिइएको पाइन्छ।
उनीहरुलाई काठमाण्डौको पुरानोवासीका रुपमा पनि लिइन्छ। यसकारण उनीहरुलाई वागमती
सव्यताको आदि जाति भन्न सकिन्छ। तामाङ्गहरु काठमाण्डौलाई यम्बू भन्छन्। इतिहासलाई
हेर्ने हो भने नेपाल भन्ने शब्दको अर्थ तामाङ्गहरुका अनुसार “स्वयं-निर्मित
देउता वा भगवान” भन्ने हुन्छ। “नेपा” भनेको
“स्वयम”
र “ल”
भनेको “देउता/भगवान”
हो। प्राचिनकालमा हाल काठमाण्डौ उपत्यका रहेको ठाउँमा ठूलो ताल रहेको र त्यसको
बीचमा हालको स्वयम्भूनाथ पनि रहेको थियो। त्यही तालको बीचमा आफै बनेको देउता रहेको
भएर त्यसलाई तामाङ्गहरुले नेपाल भनेको हुन सक्छ र कलान्तरमा त्यही शब्द पुरा
देशलाई प्रतिनिधि गर्ने शब्द बनेको हुन सक्छ। यसबाट के पुष्टी हुन्छ कि
तामाङ्गहरु काठमाण्डौका पुरानावासी हुन भनेर।
तर पछि अन्य जातिका मानिसहरुले
उनीहरुलाई विस्थापित गरेको वा अन्य ठाउँका राज्यसंग हारेर उनीहरु विस्थापित भएका
हुन। यी कुरा हाल काठमाण्डौ आसपासमा तामाङ्गहरुको बाक्लो वस्तीले पनि पुष्टी गर्छ।
यसरी काठमाण्डौ उपत्यकाबाट तामाङ्गहरु विस्थापित मात्र भएन पछि उनीहरुलाई अन्य
जातिका राज्यहरुले जिते पछि उनीहरुले आफ्नो पहिचान पनि गुमाउन पुग्यो। अन्य जातिका
अन्य राज्यसंग हारेपछि उनिहरुले आफ्नो धर्म अनि पहिचान पनि गुमाउन पुग्यो। मध्यकालिन नेपाली
इतिहास हेर्ने भने तामाङ्गहरु अन्य जाति भन्द धेरै शोषणमा परेको देखिन्छ। हालको
नेपालको इतिहासमा तामाङ्गहरुको नाम निशाना भेट्न गाह्रो छ। नेपालको इतिहासलाई
तत्कालिन शासकहरुले आफ्नो तरिकाले आफ्नो बारेमा मात्र लेख्न लगाएको हो। पंतीकारलाई
के लाग्छ भने नेपालले वाहिरीसंग लडेको इतिहास वाहेक नेपालको भित्री इतिहास पूर्ण
इतिहास नमान्द फरक नपर्ला। किनकी विद्यामान नेपालको इतिहास त्यो समयका शासकहरुले
आफ्नो तरिकाले लेखेका वा लेख्न लगाएका हुन। यसरी लेखेका इतिहासमा अन्य जनजातिको
कुरा हामीले इतिहासमा कहीं-कतै वाहेक कहीँ पनि भेटिन्न। यहाँ सम्म की
तामाङ्गहरुलाई दबाउन तत्कालिन शासकहरुले आफ्नो जात पनि फेरेर अन्य जात लेख्न
लगाएको थियो। तामाङ्गहरुको मौखिक इतिहासका अनुसार तामाङ्गहरुलाई मल्ल, शाही, सेन,
सैजुँ आदि थारहरु लेख्न वाध्य बनाएका थिए। तामाङ्गहरुलाई मुर्मी पनि भनिन्थ्यो
रे। तामाङ्गहरु पछि गएर तत्कालिन शासकहरुको टाउको दुखाइको विषय नहोस भनेर
तामाङ्गहरुलाई लामा, भोटे र लामाभोटे उपनामले सम्बोधन पनि गरेको पाइन्छ। लामा,
भोटे र लामाभोटे उनीहरु तिब्बतबाट शरणको लागि आएको जस्तो झल्काउन दिएको उपनाम
मात्र हो।
यस्तो परम्परा २० औं शताब्दी सम्म चलिरहयो। पछि विस्तारी परिवर्तन आए
पछि मात्र तामाङ्गहरुले स्वभिमानका साथ आफ्नो नामको पछाडि तामाङ्ग लेख्न पाएका
हुन। इतिहासको त्यो तीतो तथा कालो कालखण्ड पार गरेर आधुनिक युग सम्म आइपुग्दा
उनिहरुको इतिहास, पहिचान, धर्मकर्म र संस्कारमा पनि धेरै परिवर्तन आएको पाइन्छ।
तत्कालिन शासकहरुले हिन्दू धर्म अप्नाउन बाध्य गरे पनि उनिहरुले पूर्णरुपमा अप्नाएको
देखिदैन। यो कुरा कसरी प्रमाण हुन्छ भने हिन्दूहरु मरे पछि खोला किनारामा जलाउछ
भने वोन धर्मका वंशक तामाङ्ग मरे पछि डाडामा नै जलाउछ र मरण संस्कारमा पनि भिन्नता
पाइन्छ। यसमा समानता देखिन्न। राणा कालको अन्त्य तिर तामाङ्गहरुलाई तत्कालिन
शासकहरुले डम्फु बजाएर सेलो नाच्ने जातिका रुपमा चिनाउथ्यो र चिनिन्थ्यो पनि।
पंतिकारको मतलव डम्फु तामाङ्गको बाजा होइन र सेलो तामाङ्गको नाच होइन भन्ने होइन
तर यी त सिमित मात्र भन्नु हो। तामाङ्गहरुको डम्फू वाहेक अन्य बाजाहरु पनि छन् र
अन्य धेरै नाचहरु पनि छन्। यसरी दर्दनाक अवस्थाबाट गुज्रेर प्रजातन्त्र, लोकतन्त्र
र संघिय गणतन्त्र सम्म आइपुग्दा तामाङ्गहरुले आफ्नो मूल पहिचान, संस्कृति, धर्म र
रहनसहनमा फर्किने कोसिस गर्यो। यसै क्रममा देशका गाउँ-गाउँमा आफ्नो मुल धर्म
वौद्ध धर्मलाई निरन्तार दिन गाउँलेहरु जुर्मुराए।
यसै क्रममा नुवाकोट जिल्लाको
सामरी गाउँ विकास समितीमा पर्ने मैवल गाउँमा पनि धार्मिक कार्य तथा अन्य
संस्कारहरु गर्न वौद्ध गुम्वा बनाउने अभियान चल्यो र यो कार्य वि. सं. २०६५ सालमा
सम्भव भयो। यस गुम्वाको पुरा स्थापना मिति २०६५ साल पौष १५ गते हो। त्यसकारण हरेक
पौषको १५ गते यस गुम्वाको वार्षिकी हो। तर गुम्वाका सम्बन्धित व्यक्तिहरुले पौष १५
गते गुम्वाको स्थापना दिवस तथा वार्षिकी हो भन्ने कुरा थाहा नहुन पनि सक्छ। किनकी
अहिले सम्म पंतीकारले वार्षिकी मनाको देखेको वा सुनेको छैन। गाउँका मानिसहरुलाई
वार्षिकी भनेको पनि थाहा नहुन सक्छ। अन्य छिमेकी गाउँहरुमा पहिले नै गुम्वा
स्थापना भइसकेको थियो। यो गाउँले गुम्वा स्थापनामा ढिलाई गर्यो तर छिमेकी गाउँहरुको
भन्दा केही राम्रो बनायो। गुम्वा निर्माणका लागि गाउँमा वौद्ध धर्म मनाउने
वाहेककाले पनि रकम सहयोग गरेका थिए। <<<गुम्वा बनाउन सहयोग गर्नुहुने सहयोगदाताहरुको नामावाली>>> गाउँमा गुम्वा स्थापना भएपछि गाउँलेहरुलाई
धार्मिक कार्यहरु गर्न सहज भयो।(भूकम्पले भत्काउनु भन्दा पहिलेको गुम्वा)
तर विडम्बना वि.सं. २०७२ साल बैशाख १२ को भूकम्पले
उक्त गुम्वालाई नहसनहस बनायो। ढुङ्गा, माटो र काठले बनाएको उक्त गुम्वा पूर्णरुपमा
भत्क्यो। तर आज गुम्वा भत्केर २०-२१ महिना पुगिसक्दा पनि पुनर्निर्माण हुन सकेको
छैन। गुम्वा निर्माणको कुरा त टाढाको विषय हुन सक्छ। किनभने सरकारको रहत रकमको
आशमा गाउँलेहरु अहिले सम्म पनि छाप्रो र पाल मुनि जीवन काट्न विवश छन्। गाउँमा
गुम्वा स्थापनामा महत्वपूर्ण भूमिका रहेको र ठाउँको प्रस्तावक व्यक्तिको निधन भयो (यो
कुरा २०७२ असोज, कार्तिक तिरको हो। मृत्यू असोजमा र घेवा कार्तिकमा)। वौद्ध
धर्म अनुसार ४९ औ दिनमा घेवा सकिनु पर्छ तर घेवा गर्ने दिन नजिकिदै गर्दा सम्म पनि
गुम्वा निर्माणको त के कुरा भत्केको गुम्बाको सरसफाइ सम्म पनि गर्ने चासो देखाएनन्।
अन्तत: घेवा कान्लो मुनि नै गर्नु पर्ने अवस्था आयो तर उक्त परिवारको चौथौ
पुस्ताका एक सदस्या(D16)ले नयाँ उपाय ल्यायो र उसले घर-परिवारलाई घेवा कान्लो मुनि नभइ
गुम्वाको दक्षिणमा रहेको खाली ठाउँमा अस्थायी गुम्वा बनाएर गर्न सकिने देख्यो। र
उसले पहिले आफ्नो परिवारलाई सहमति ल्यायो र उक्त प्रस्ताव गाउँलेहरु सामु राख्न
परिवारलाई सल्लाह दियो।(भूकम्प पछिको गुम्वा)
तर उक्त परिवारको त्यो प्रस्ताव गाउँलेले सहजै मानेन्न। (मृतक परिवारका सदस्याले अस्थायी गुम्वा निर्माणमा गरेको पहल असफल भएतानि केही सहयोगीको साथमा आफ्नै स्रोत साधनमा निर्माण गर्यो र भत्केको गुम्वा निर्माणमा पनि चौथौ पुस्ताका वाहेक परिवारको पहिलो, दोस्रो र तेस्रो पुस्ताका सबैले ठूलै आर्थिक सहयोग गरेका थिए। जुन सहयोग आफैमा ठूलो थियो र गुम्वाले ओगटेको जग्गा मध्येमा ७५% जग्गा पनि उक्त परिवारले नै दान गरेका थिए।) तर उक्त परिवारले आफूहरु पछाडि नहाट्ने निर्णयमा पुग्यो र केही छिमेकी अनि केही गाउँलेका साथमा अस्थायी गुम्वा निर्माण भयो।
तर उक्त परिवारको त्यो प्रस्ताव गाउँलेले सहजै मानेन्न। (मृतक परिवारका सदस्याले अस्थायी गुम्वा निर्माणमा गरेको पहल असफल भएतानि केही सहयोगीको साथमा आफ्नै स्रोत साधनमा निर्माण गर्यो र भत्केको गुम्वा निर्माणमा पनि चौथौ पुस्ताका वाहेक परिवारको पहिलो, दोस्रो र तेस्रो पुस्ताका सबैले ठूलै आर्थिक सहयोग गरेका थिए। जुन सहयोग आफैमा ठूलो थियो र गुम्वाले ओगटेको जग्गा मध्येमा ७५% जग्गा पनि उक्त परिवारले नै दान गरेका थिए।) तर उक्त परिवारले आफूहरु पछाडि नहाट्ने निर्णयमा पुग्यो र केही छिमेकी अनि केही गाउँलेका साथमा अस्थायी गुम्वा निर्माण भयो।
उक्त कार्यमा परिवारका ५ (पाँच) सदस्या, ७ (सात) छिमेकी र ३ गाउँले गरि १५
सदस्याको टोली थिए। अस्थायी गुम्वा निर्माणमा भत्केको गुम्वाको सामाग्रीहरु नै
प्रयोग गरेका थिए भने जस्ता(नयाँ) गुम्वाकै नाममा आएको २० पत्ता र अपुग जस्ता
परिवारको(उक्त परिवारको नाममा एक संस्थाले दिएको र हाल पनि अस्थायी गुम्वामा नै छ)
प्रयोग गरेको थियो। यसरी परिवारका एक सदस्याका जिद्दीका कारण अस्थायी गुम्वा भएनि
तयार भयो। अस्थायी नै भएतानि गुम्वा भयो र गुम्वा निर्माणमा ठाउँ प्रस्तावक र एक
सहयोगदाता तथा सचेत सदस्याको अस्थायी गुम्वामा भएनि घेवा सम्पन्न भयो।(हालको अस्थायी गुम्वा)
उक्त
अस्थायी गुम्वा घेवा पछि पनि जस्ताको त्यस्तै राखियो र जो गाउँलेले अस्थायी गुम्वा
निर्माणमा न त सहयोग गर्यो न त चासो नै दियो, न त महमत नै दियो तर उनीहरु अहिले
उक्त गुम्वामा नै आफ्ना धार्मिक कार्य तथा अन्य संस्कारहरु गरिरहेका छन्। यसबाट के
प्रमाण हुन्छ भने “बाघको छालामा स्यालको रजाई”। र
अर्को कुरा के पुष्टी हुन्छ भने आफ्नो आफू मात्र खाऊ र पाए अरुको पनि खोसेर खाऊ।
-डिम्डु्ङ्ग १६
No comments:
Post a Comment