के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

01 October 2012

कतिपय अवस्थामा फोन नम्बरहरु एउटा मोबाइलबाट अर्को मोबाइलमा सार्नुपर्छ, तर मोबाइलमा नम्बर सार्न भने त्यति सजिलो छैन । अधिकांशले एक एक गर्दै फोन नम्बरहरु सेभ गर्छन्, जसका लागि निकै लामो समय लाग्छ । यदि फोन नम्बरको लिस्ट निकै सानो छ भने सिमकार्ड प्रयोग गर्न सकिन्छ । यसको लागि आफ्नो फोनमा रहेको सबै नम्बरलाई सिममा सेभ गर्नुपर्छ । त्यसपछि उक्त सिमलाई अर्को मोबाइलमा हालेर नम्बर सेभ गर्नुपर्छ ।
  • सबैभन्दा पहिले कन्ट्याक्ट अपरेसनमा गएर मुभ कन्ट्याक्ट अप्सन रोज्ने ।
  • यदि आफ्नो मोबाइल सेटको सिममा सेभ गर्न चाहने हो भने कपी कन्ट्याक्ट अप्सन छान्नुपर्छ ।
  • त्यसपछि फोन टु सिम अप्सनमा क्लिक गर्नुपर्छ ।
  • जब फोन टु सिम अप्सनमा क्लिक गरिन्छ, तब मोबाइलमा रहेक फोन नम्बरहरुको जानकारी प्राप्त हुन्छ । ओके अप्सन छानेपछि मोबाइलमा रहेक सबै नम्बर सिममा सेभ हुन्छन् ।
यदि धेरै नम्बरहरु छन् र नम्बरहरु एक मोबाइलबाट अर्को मोबाइलमा लान सकिएन भने यो काम कम्प्युटरबाट गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा नोकियाको ओवीआई पीसी सूट इन्स्टल गर्नुपर्छ । नोकिया पीसी सूटबाट आफ्नो नोकियाको सेटमा रहेका नम्बरहरु अन्य कुनै पनि सेटमा सार्न सकिन्छ । यदि ब्ल्याकबेरी प्रयोग गर्ने हो भने ब्ल्याकबेरी डेस्कटप म्यानेजरबाट पनि नम्बरहरु सार्न सकिन्छ ।
  • सबैभन्दा पहिले आफ्नो कम्प्युटरमा नोकिया पीसी सूट इन्सटल गर्ने ।
  • अब डाटा केबलको मद्दतबाट फोनको पीसीमा केही बेरअघि इन्स्टल गरेको पीसी सूटलाई कनेक्ट गर्ने ।
  • जब पीसी सूटसँग आफ्नो फोन कनेक्ट हुन्छ, सबै नम्बर स्वत: पीसी सूटमा आउँछन् ।
  • अब उक्त फोनलाई पीसी सूटबाट हटाएर अर्को फोनमा कनेक्ट गर्ने र पीसी सूटमा सेभ भएका सबै नम्बर कपी गर्ने ।

No comments: