के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

18 June 2012

This is my latest national song

मेरो एक रात जाग्रामले, देशवासीले निर्धक्कसंग  .
सुतन  पाउछ  भने म त, हाँसी रात काटी दिन्छु , उठी रात काटी दिन्छु .
मैले एक छाक भोकै बस्दा, देशवासीले आफ्नो पेट,
भर्न पाउछ भने म त, एक छाक भोकै बसी दिन्छु, खाना बीनै दिन काटी दिन्छु .

मैले नराम्रो लगाउदा, देशवासीले राम्रो नाना
लाउन  पाउछ  भने म त, पुरानै दौरा  लगाई  दिन्छु , फाटेको टाली  चलाई  दिन्छु .
मैले एक दिन घाम पानीमा बस्दा, देशवासीले ओत लाग्ने
ठाउ पाउछ भने म त, चर्को घाममै  दिन्छु , भारि वर्षा नि सहि दिन्छु .

मेरो एक रात जाग्रामले, देशवासीले निर्धक्कसंग  .
सुतन  पाउछ  भने म त, हाँसी रात काटी दिन्छु , उठी रात काटी दिन्छु .
मैले एक छाक भोकै बस्दा, देशवासीले आफ्नो पेट,
भर्न पाउछ भने म त, एक छाक भोकै बसी दिन्छु, खाना बीनै दिन काटी दिन्छु .

मेरो एक थोपा आशुमा, देशवासीको ओठमा मुस्कन
आउन  सक्छ  भने म त, हासी आशु वर्षाई दिन्छु ,  आशुकै सागर बगाई दिन्छु .
मैले एक पाइला काँढामा टेक्दा, देशवासीले फूलको बाटो
हिंड्न पाउछ   भने म त, काँढाकै  बाटो रोजी हिंड्छु, काँढाकै बाटो खोजी हिंड्छु

No comments: