नुवाकोट र धादिङको सिमानामा अवस्थित वाका फुटवल मैदानमा जारी १४ औँ वाका तथा दोस्रो अध्यक्ष कप २०८० मा नुवाकोटको फलाँटे युवा क्लब "सी" र धादिङको चौतारा युवा क्लब "ए" भिड्ने भएको छ। ३२ ओटा टीमको सहभागिता रहेको यस प्रतियोगितामा अव उत्कृष्ट टीमको टुङ्गो लाग्न मात्र वाँकी रहेको छ। आज भएको पहिलो सेमी फाइनल खेलमा धादिङ कै दुई टीम चौतारा र ज्वालामुखी भिडेको थियो। निर्धारित समयमा दुबै टीमले २/२ गोलको बराबरी खेले पछि खेल पेनाल्टी शुट आउटमा गएको थियो र चौताराले पेनाल्टीमा ४-२ को नतिजा निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो।
दोस्रो खेलमा आयोजक छार वाका राह "सी" ले नुवाकोटको एक मात्र सेमी फाइनलिस्ट फलाँटे युवा क्लब "सी" को सामना गर्यो। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसरहरु सिर्जना गरे तापनि गोलमा परिणत गर्न चुके पछि दोस्रो खेलको छिनोफानोको लागि पनि पेनाल्टीकै सहायता लिनु परेको थियो। पेनाल्टीमा भने फलाँटेले वाजी मार्यो। फलाँटेले पेनाल्टीमा ३-२ गोलको अन्तरले आयोजक टोलीलाई पाखा लगाउँदै उपाधि नजिक पुगेको छ।
फाइनल खेल विक्रमको नव वर्ष २०८१ को नव दिनमा अर्थात् २०८१ सालको वैशाख १ गते हुनेछ। पायक पर्नेहरुलाई खेल मैदान र पायक नपर्नेहरुको लागि सपोर्ट धादिङ फुटवलको फेसवुक पेजबाट साथ दिनु हुन अनुरोध गरिन्छ।
सपोर्ट धादिङ फुटवलको फेसबुक पेजको लिङ्क
जानकारी तथा फोटो स्रोत: सपोर्ट धादिङ फुटवलको फेसबुक पेज