के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 April 2024

फलाँटे, चौतारा, छार वाका राह र ज्वालामुखी जारी वाका कपको सेमी फाइनलमा

 जारी १४ औँ वाका कप तथा दोस्रो अध्यक्ष कप २०८० को सेमी-फाइनल समिकरण पूरा भएको छ।  चैत २८ गते वेलुका ४ वजे भएको पहिलो क्वाटर फाइनल खेलमा ज्वालामुखीले सेल्लेको छ्‍योइलिङलाई १ गोल अन्तरले पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको थियो भने आज सम्पन्न तीन क्वाटर फाइनल खेलबाट चौतारा "ए", छार वाका राह "सी" र फलाँटे "सी" ले सेमी फाइनलमा आ‍-आफ्नो स्थान सुरक्षित गरेको हो। आज भएको पहिलो खेलमा सूर्यगडीलाई चौतारा "ए" ले ४-० गोल अन्तरको जीत निकाल्दै सेमी फाइनलमा आफ्नो नाम दर्ता गरेको थियो भने दोस्रो खेलमा आयोजक छार वाहा राह युवा क्लब "ई" लाई ५-१ ले पराजित गर्दै अर्को आयोजक छार वाका राह युवा क्लब "सी" ले सेमी फाइनल यात्रा तय गरेको थियो। अन्तिम खेलमा उपाधिको दावेदारको रुपमा हेरेको फलाँटे "सी" ले BMYS भक्तपुरलाई ८-१ को फरक अन्तरले पाखा लगाउँदै आफ्‍नो उपाधि दावेदार लयलाई झन मजबुद बनाएको छ। चैत ३० गते सेमी फाइनलका खेलहरु हुने छन् भने २०८१ वैशाख १ गते फाइनल खेल हुने तालिका रहेको छ।



SEMI FINAL

ज्वालामुखी युवा क्लब

vs 

चौतारा युवा क्लब "ए"

MATCH 29

२०८०/१२/३० ११ वजे

छार वाका राह "सी"

vs 

फलाँटे युवा क्लब "सी"

MATCH 30

२०८०/१२/३० १३ वजे

FINAL

Winner of MATCH 29

vs 

Winner of MATCH 30

MATCH 31

२०८१/०१/०१ ११ वजे

No comments: