के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻
Showing posts with label National Games 2079. Show all posts
Showing posts with label National Games 2079. Show all posts

20 October 2022

९ औँ राष्‍ट्रिय खेलकुदको फुटवल पुरुष र महिला दुबे तर्फ ए पी एफ को कब्‍जा

 कार्तिक ३, २०७९

म्यागङ, नुवाकोट

९ औँ राष्‍ट्रिय खेलकुद २०७९ को आज पोखरा रङ्‍गशालामा भएको फुटवल तर्फको फाइनल खेलमा नेपाल  ए.पी.एफ. ले अर्को विभागिय टीम आर्मीलाई सडन डेथमा पराजित गर्दै स्वर्ण पदक हात पर्न सफल भएको छ। निर्धारित समयमा दुवै टीमवाट गोल हुन सकेन। खेल अतिरिक्त समय सम्म लम्वेको थियो। अतिरिक्त समयमा पनि कुनै टीमबाट गोल नभएसी पेनाल्टी सुट आउटमा पुगेको थियो। पेनाल्टी सुट आउटमा पनि बराबर भएसी खेल सडन डेथमा पुगेको थियो। र वाजी ए.पी.एफ. ले मार्‍यो। डिफेन्डिङ च्याम्पियन आर्मीको पदम तामाङ्ग र ए.पी.एफ. को प्रदीप लामा रेड कार्ड पाएर मैदान वाहिर गए पछि दुवै टीम १०/१० खेलाडीमा झरेको थियो।



पेनाल्टी सुट आउटमा विजेता ए.पी.एफ. बाट नविन लामा, आभाष लामीछाने, सुधीर शिख्रकार, राजु नगरकोटी (गोल किप्‍पर), दिपेश धिमाल र विश्‍वास उदासले गोल गरे भने सनिश श्रेष्‍ठको वल आकाशियो। उप-विजेता आर्मीका लागि नवयुग श्रेष्‍ठ, जर्ज प्रिन्स कार्की, सीमान्त थापा, विवेक वस्‍नेत र विकास खवासले गोल गरे भने सेसेहाङ्ग आङ्देम्वे र सुमन अर्यालको प्रहारलाई ए.पी.एफ.का गोल रक्षक राजु नगरकोटीले रोकेको थियो। समग्रमा ए.पी.एफ. ले ६-५ ले खेल जितेर स्वर्ण पदक जित्‍न सफल रहयो भने डिफेन्डिङ्ग च्याम्पियन आर्मीले रजत पदकमा चित्ता वुझाउनु पर्‍यो। उता वालिङमा सम्पन्‍न महिला फुटवल तर्फ पनि  ए.पी.एफ. ले नेपाल पुलिसलाई हराएर स्वर्ण जिते छ।


समापन समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवाको पनि सहभागीता रहेको थियो।