के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻
Showing posts with label Chinese New Year. Show all posts
Showing posts with label Chinese New Year. Show all posts

29 January 2019

माघ २० गते म्यागङ्ग ६ फलाँटेमा सोनाम ल्होछार मनाउँदै

काठमाण्डौ, माघ १५
तामाङ्ग समुदायको महान पर्व मञ्‍जूश्री सम्वत् २८५५ औँ सोनाम ल्होछार नजिकिदै गर्दा देश विदेशमा रहनुभएका तामाङ्ग समुदायले विभिन्‍न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरी मनाउन थालेका छन्। त्यसै गरी फलाँटे युवा क्लब फलाँटेले पनि तामाङ्ग समुदायको महान तथा सांस्कृतिक पर्व सोनाम ल्होछार यही माघ २० गते औोचारिक रुपमा ल्होछार मनाउन लागेको जानकारी पङ्तिकारलाई प्राप्त भएको छ।

माघ २० गते विहान १० बजेबाट ल्होछारको सांस्कृतिक कार्यक्रम सुरु हुने क्लबका अध्यक्ष वुद्धि राज तामाङ्गले जानकारी दिनुभएको छ। "सोनाम ल्होछार प्रवर्द्धन, हाम्रो अभियान" भन्‍ने नारा साथ मनाउन लागिएको ल्होछारमा राष्‍ट्रिय ख्याति प्राप्त तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजक क्लबले जानकारी दिइएको छ।

म्यागङ्ग गाउँपालिकाका प्रमुख आशा कुमार तामाङ्गको प्रमुख अतिथी रहने उक्त कार्यक्रममा विशेष अतिथिहरुमा गाउँपालिका उप-प्रमुख शान्ति लामा गुरुङ्ग, बडा नं: ६ का अध्यक्ष अत्तमसिंह तामाङ्ग र वडा नं: ५ का अध्यक्ष राम बहादुर तामाङ्ग रहेका छन्। यसै गरि अन्य अतिथिहरुमा गाउँका वुद्धिजिवी र समाजसेवीहरुको पनि उपस्थिति रहने छन्।

टिमुरे यातायात प्रा. लि. को सहयोग रहेको यस कार्यक्रममा म्हेन्दोमाया गीत-संगीतमा ख्याति कमाएका कलाकारहरुको बेजोड प्रस्तुति रहने छ। कलाकारहरुमा विश्‍व पासा तामाङ्ग, मनमाया वाइबा, रोमन तामाङ्ग, आइते तामाङ्ग, विजय तामाङ्ग, साजन थोकर र एञ्‍जिला वाइबा रहेका छन्।

आयोजक क्लबलाई भव्य, सव्य र सफल कार्यक्रमको लागि हार्दिक शुभकामना।

"आफ्नो भाषा, कला, संस्कृति, पोसाक र पाहिचानको लागि तामाङ्ग व्योन छमे"

-डिम्डुङ्ग १६