फागुन, ७
म्यागङ, नुवाकोट
म्यागङ शिक्षा शाखाले आयोजना गरेको शिक्षकको हाजिरी जवाफ प्रतियोगीता म्यागङ वडा नम्बर ३ र ६ को सिमानामा पर्ने ऐतिहासिक स्थाल टुँडीमा सम्पन्न भएको छ। म्यागङ गा.पा. प्रमुख आशा तामाङ्ग प्रमुख अतिथि, उप-प्रमुख सीता तामाङ्ग विशेष अतिथी र म्यागङ गा.पा. को सम्पुर्ण वडाका वडाध्यक्षहरु, जनप्रनिधिति, वि.व्य.स. अध्यक्षहरु, शिक्षा शाखाका पदाधिकारीहरु र म्यागङ गा.पा. भित्र रहेका सम्पुर्ण विद्यालयहरुको प्र.अ., शिक्षक र कार्मचारीहरुको उपस्थिति रहेका थिए।
शिक्षकको हाजिरी जवाफ प्रतियोगीतामा १२ विद्यालयको सहभागीता रहेको थियो। कक्षा ६ देखि माथि कक्षा सञ्चालित विद्यालयबाट अनिवार्य र अन्य विद्यालयबाट ऐच्छिक रुपमा सहभागी गरिएको प्रतियोगीताका प्रश्नहरु शिक्षक सेवा आयोगको आधारभूत तह प्रथम पत्रबाट सोधिएको थियो।
तीन चरणमा सम्पन्न उक्त प्रतियोगीतामा प्रथममा सामान्य ज्ञान, द्वितीयमा र्यापिड फायर र अन्त्यमा शिक्षा सम्बन्धी चरण हरेको थियो। प्रथम चरणबाटै आफ्नो दावेदारी प्रस्तुत गरेको विन्दु केशर मा.वि. ले सो लयलाई निरन्तरता दिदै प्रतियोगीताको प्रथम स्थानमा आफ्नो नाम लेखाउन सफल भएको थियो। यसै गरी विन्दु केशरलाई पछ्याउने क्रममा ग्राम सेवा विद्याश्रम मा.वि. द्वितीय र भूमेदेवी मा.वि. तृतीय हुन सफल भएको थियो। उक्त प्रतियोगीताको अङ्क तालिका निम्न रहेका छन्।
वाँकी फोटाहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
1 comment:
Good news
Post a Comment