जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको आज भएको ब्रिग्रेड बोइज क्लब र जवलाखेल युवा क्लबविचको खेल संगै चौथौँ चरणको खेलहरु समाप्त भएको छ। अन्तिम खेलमा दुवै टोलीले गोल रहित बराबरी खेलेर अङ्क बाँडेको छ। यस चरणको खेलहरु रोमान्चक रहयो। विभागीय टिम ए.पी.एफ्. फुटवल क्लब र जवलाखेल युवा क्लब यस अघिको चरण सम्म अङ्क विहिन थियो यस चरणमा यी दुई टोलीले पनि अङ्क तालिकामा आफ्नो खाता खोलेका छन्।
पहिलो पल्ट ए डिभिजन खेलिरहेको सातदोबाटोले यस अघिको चरण सम्म सन्सनी मच्चाई रहेको थियो तर यो चरणमा न्यु रोड टिम सँग निराश हुनु पर्यो। उपाधिको दावेदार थ्री स्टार क्लबले अङ्क विहिन ए.पी.एफ्. फुटवल क्लबसंग बराबरी खेलेर अङ्क बाँडेको थियो। यसै गरी अर्को अङ्क विहिन जवलाखेल युवा क्लबले पनि ब्रिग्रेड बोइज क्लबसंग बराबरी खेलेर लिगको अङ्क तालिकामा खाता खोलेको छ।
चौथौ चरणको खेलको समाप्त सम्ममा मछिन्द्रले आफ्नो दावेदारी कायम राखेर आफूलाई शीर्ष स्थानमा राख्न सफल भएको छ। समान खेलबाट समान अङ्क सहित मनाङ्गलाई गोल अन्तरले पछि पार्दै शीर्ष स्थानमा रहन सफल रहेको छ। नेपालमा क्लब लाइसन्स प्राप्त चार क्लब मनाङ्ग, मछिन्द्र, आर्मी र ए.पी.एफ्. कल्बले सातौँ चरणको समाप्ती सम्म जो शीर्ष स्थानमा रहने छ उसले ए.एफ्.सी. कप खेल्न पाउने छ। अहिले सम्मको अङ्क तालिकाले मनाङ्ग, मछिन्द्र र आर्मी मध्ये कुनै एकले ए.एफ्.सी. कप खेल्ने सम्भावना देखिन्छ र यी तीन क्लब नै शीर्ष तीन स्थान रहेको छ। अवको ३ चरणमा जसले शीर्ष स्थानमा आफुलाई कायम राख्छ उसले नै ए.एफ्.सी. कप खेल्ने छ र लिग उपाधिको दावेदारीलाई पनि जिउँदै राख्ने छ।
No comments:
Post a Comment