९ औँ भंगेरी कप फुटवल प्रतियोगीता २०७८ म्यागङ-६ को मैवल युवा क्लबको टीम ए ले जितेको छ। हिजो भएको फाइनलमा ंमैवलको टीम ए ले मैवलकै टीम बी लाई ४-० ले जितेको हो। प्रतियोगीतामा कुनै पनि गोल नव्यहोरेको मैवल टीम ए ले उपाधिसंगै ट्रफी, मेडल, प्रमाण-पत्र सहित नगर रु.१,१०,०००/- प्राप्त गर्यो भने उप-विजेता टीम बी ले ट्रफी, मेडल, प्रमाण-पत्र सहित नगर रु. ५०,०००/- प्राप्त गर्यो।
गत असोज २३ गतेवाट सुरु भएको यस प्रतियोगीतामा कुल २० टीमको सहभागीता थियो। समापन कार्यक्रममा म्यागङ गा.पा. को प्रमुख आशा तामाङ्ग प्रमुख अतिथि, उप-प्रमुख शान्ती लामा गुरुङ्ग विशिष्ट अतिथि, वडा नम्बर ६ को वडा अध्यक्ष आत्तमसिं तामाङ्ग विशेष अतिथि, वडा सदस्य तथा नेपाली कंग्रेस वडा नम्बर ६ को सभापति हरि कुमार तामाङ्ग र अन्य अतिथिहरुको पनि उस्थिति रहेको थियो। सूर्य बहादुर तामाङ्गको सभापतिमा भएको उक्त कार्यमक्रमा खेलकुद संयोजक वीर बहादुर तामाङ्गले समापन मन्तव्य दिदै समापन गरेको थियो।
प्रतियोगीतामा व्यक्तिगत तर्फ निम्न खेलाडीहरु उत्कृष्ट रहयो।
उत्कृष्ट खेलाडी - चत्तुरमान तामाङ्ग (मैवल ए)
उत्कृष्ट गोल किप्पर - इश्वर गुरुङ्ग (मैवल ए)
उच्च गोलकर्ता - आकाश राना मगर (मैवल ए)
उत्कृष्ट डिफेन्डर - गणेश तामाङ्ग (सामरी)
अनुशासित टीम -
फाइनल खेलको भिडियो
प्रतियोगीताको केही तस्वीरहरु
No comments:
Post a Comment