भाद्र ३१, गोल्फूटार
वार्षिक रुपमा हुँदै आइरहेको स्व. इन्द्र बहादुर तामाङ्ग 7 A साइड फूटबल प्रतियोगीताको यसपालिको (१७ औं) संस्करणको फाइनल आज दिउँसो २ बाट हुने भएको छ। कुल २० टीमको सहभागी रहेको यस प्रतियोगीतामा मजेरी र एन.ए.सी ले फाइनल भिडन्त गर्ने छ। मजेरी १६ औं संस्करणको सेमी-फानलिस्ट हुन। उसलाई सेमी फाइनलमा रामसीताले पराजित गरेको थियो। पोहोरको आधुरो सपना पुरा गर्न आजको खेल मजेरीको लागि सुवर्ण अवसर हुन सक्छ। एन.ए.सी. को यो चरणमा आइपुग्नु पहिलो अवसर हो। एन,ए.सी. ले आजको खेल जितेर इतिहास रच्न पनि सक्छ। दुवै क्लबलाई सुखद नतिजाको लागि शुभकामना।
-डिम्डुङ्ग १६
No comments:
Post a Comment