भाद्र ०८, काठमाण्डौ
ट्रिनिटी बी.एस्.सी.सी.एस्.आई.टी.[BScCSIT] ब्याज ७१ समूहको फुटसल टीमलाई अभागी फुटसल टीमको उपनामले चिनिन्छ। पहिलो पल्ट सी.एस्.आई.टी. इन्ट्रा कलेज फुटसल हुँदा यो ब्याजबाट तीन ओटा टीम थिए। त्यसमा तीनै ओटा टीम सेमी फाइनलमा पुगेको थियो। यस्तो राम्रो इतिहास बोकेको ब्याजले आखिरीमा किन अभागी टीमको उपनाम पाए त? पहिलो इन्ट्रा कलेज फुटसल टीममा तीन ओटा टीममा जम्मा २१ जना खेलाडी थिए। त्यसबाट पनि राम्रा-राम्रा खेलाडी छानेर यो ब्याज बाट एउटा मात्र टीम बनाएर इन्ट्रा कजेल र अन्य ब्याजहरुसंग धेरै म्याचहरु खेले, तर यो ब्याजको पक्षमा राम्रो नतिजा आउन सकेन।
यो टीमको खेल इतिहास यस्तो छ।
यो टीमको खेल इतिहास यस्तो छ।
१. सी.एस्.आई.टी. इन्टर कजेल फुटसलको लागि भएको छनोटमा ट्रिनिटी सी.एस्.आई.टी. ब्याज ७० संग खेल्यो: नतिजा हार
२. कजेलका अन्य टीमहरु व्यस्त भएकाले दोस्रो क्रान्तिकारी कप खेल्ने मौका पायो त्यसमा नि नतिजा हार नै।
३. ट्रिनिटी ब्याचलर फुटसलमा सिधै सेमी-फाइनलमा पुगेर नि सी.एस्.आई.टी. ब्याज ७२ संग २-१ को हार खानु पर्यो
४. र अन्य खेलहरुमा यी टीमले सबै जुनियर ब्याजहरुसंग म्याचहरु खेले त्यसमा पनि राम्रो नतिजा निकाल्न सकेन।
यही टीम सेन्ट लोरेन्सले आयोजन गर्दै गरेको इन्टर कजेल सी.एस्.आई.टी. फुटसल खेल्ने दौडमा छ। यो टीमका सदस्यहरुको के बुझाई छ भने अन्य ब्याजहरुको नमिल्ने देखिन्छ हाम्रो टीम स्वत छनोट हुनेछ। स्वत छनोट भएनि पुरानै नतिजा दोहोरिनेमा कुनै दुई मत छैन।
टीममा रहेको मुख्य समस्यहरु
१. टीमको मुख्य समस्या भनेको खेलाडी खेलाडी बीचको घमण्ड (Ego or egoism) [मानसिक द्वन्द्व]
२. टीमका खेलाडी बीचमा रहेको घमन्डीपन खेलमा छर्लङ्ग देख्न सकिन्छ। उनीहरु आफ्नो घमण्डीपनका कारण खेलको दौरन एक अर्क बीच पास खेल्दैन। फलस्वरुप खेल डमाडोल हुन पुग्छ र हारको सिकार बन्न बाध्य हुन्छ।
३. खेलाडीहरु खेललाई केबल खेलाची सोच्छन्। उनीहरुलाई जित्नु भन्दा नि खेल्न पाएको मै ठूलो कुरा ठान्छन।
४. सामान्यतय एउटा खेलाडीमा हुनु पर्ने गुण पनि नहुनु पनि एक कारण हो। जस्तै: साथी-साथी वीच अन्डरस्टान्डिङ (Understanding), स्टामिना, टीम कम्विनेशन र स्ट्राटेजी।
५. मानसिकरुपमा मात्र खेल्ने, यस्तो गर्ने उस्तो गर्ने सोच्ने तर शारिरिकरुपमा गर्न नसक्नु पनि मुख्य कारण देखिन्छ।
-डिम्डुङ्ग १६
No comments:
Post a Comment